१४ मंसिर २०८३ ☀️ २७°C मेचीनगर
🥇 सुन: रु. २,४८,१०० | 🥈 चाँदी: रु. ३,२१५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड

नेवार समुदायका ४० थर दलित सूचीमा राखिएको विरोधमा आन्दोलनको चेतावनी

हचुवाको भरमा गरिएको सूचीकरण तत्काल नसच्चिए मंगलबारदेखि चरणबद्ध आन्दोलन सुरु गर्ने नेवार समुदायका अगुवाहरूको चेतावनी

सेयर:

हचुवाको भरमा गरिएको सूचीकरण तत्काल नसच्चिए मंगलबारदेखि चरणबद्ध आन्दोलन सुरु गर्ने नेवार समुदायका अगुवाहरूको चेतावनी

📌 मुख्य बुँदाहरू:

  • नेवार समुदायका ४० थरलाई दलितको सूचीमा राखिएको प्रति नेवार अगुवा तथा स्थानीय बासिन्दाले विरोध जनाएका छन्।
  • निर्णय तत्काल फिर्ता नभए मंगलबारदेखि चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिइएको छ।
  • वैज्ञानिक अध्ययनबिनै गरिएको सूचीकरण अपरिपक्व र अन्यायपूर्ण रहेको सरोकारवालाहरूको भनाइ छ।

नेवार समुदायभित्रका ४० थरलाई दलितको सूचीमा राखिएको विरोधमा नेवार समुदायका अगुवा तथा स्थानीय बासिन्दाहरू आन्दोलित भएका छन्। ऐतिहासिक असन डबलीमा भेला भएका अगुवा, अभियन्ता र स्थानीय बासिन्दाले सरकार र राष्ट्रिय दलित आयोगले हचुवाको भरमा गरेको उक्त सूचीकरण तत्काल सच्याउन माग गरेका छन्। सोमबारभित्र निर्णय फिर्ता नभए मंगलबारदेखि चरणबद्ध आन्दोलन गर्ने तयारी उनीहरूको छ।

शनिवार भएको विरोध प्रदर्शन तथा अन्तरक्रियामा बोल्दै नेवार अगुवाहरूसँगै उभिएर नेपाली कांग्रेस काठमाडौँ महानगरका सभापति सुशन वैद्यले समुदायका विज्ञ, गुठी र सरोकारवालासँग कुनै परामर्श नगरी तथा समाजशास्त्रीय एवं वैज्ञानिक अध्ययनबिनै गरिएको सूचीकरण अपरिपक्व र अन्यायपूर्ण रहेको बताए। राष्ट्रिय दलित आयोग र सरकारले ऐतिहासिक र सांस्कृतिक पहिचान बोकेको समुदायभित्र बिनाआधार विभाजन र वर्गीकरण थोपर्न खोजेको आरोप उनले लगाए।

सांस्कृतिक पहिचानमाथि आक्रमण भएको गुनासो

प्रदर्शनमा सहभागी नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. अमिता प्रधान शाक्यले नेवारहरूको सांस्कृतिक पहिचानमाथि आक्रमण गरिएको बताइन्। नेवार समुदायभित्रको विविधता, परम्परागत पेसा र सांस्कृतिक संरचनालाई नबुझी राज्यले एकतर्फी रूपमा सूचीकरण गर्दा सामाजिक सद्भाव र समुदायको आत्मसम्मानमा ठेस पुग्ने प्रदर्शनकारीहरूको निष्कर्ष छ।

कुनै पनि समुदायको पहिचान र वर्गीकरणसम्बन्धी संवेदनशील नीतिगत निर्णय गर्नुअघि गहिरो अध्ययन र सम्बन्धित समुदायको सहमति अपरिहार्य हुने उनीहरूको भनाइ छ। सभापति वैद्यले दलित आयोग केही लचक भएर सरकारसँग समन्वय गरी निर्णय फिर्ता लिनुपर्नेमा जोड दिँदै माग सम्बोधन नभए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।

Contact for the Advertisement (बिज्ञापनको लागि सम्पर्क) - 9852662265

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।