१४ मंसिर २०८३ ☀️ २७°C मेचीनगर
🥇 सुन: रु. २,४८,१०० | 🥈 चाँदी: रु. ३,२१५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड

झापाको मेचीनगरमा चार लाख ५० हजार लिटर क्षमताको नवनिर्मित ओभरहेड खानेपानी ट्याङ्कीको समुद्घाट

सेयर:

१३ मंसिर, मेचीनगर : झापाको मेचीनगर–९ धुलाबारीस्थित पारिजात टोल लीलावस्तीमा (चार सय ५० घनलिटर) चार लाख ५० हजार लिटर क्षमताको नवनिर्मित ओभरहेड खानेपानी ट्याङ्कीको समुद्घाटन गरिएको छ ।

श्री धुलावारी खानेपानी उपभोक्ता समितिको २६ औँ वार्षिक साधारण सभाका अवसरमा प्रमुख अतिथि नेपाली काँग्रेसका वरिष्ठ उपाध्यक्ष एवम् प्रतिनिधि सभाका निवर्तमान सांसद विश्वप्रकाश शर्माले आज एक भव्य समारोहकाबीच उक्त आयोजनाको उद्घाटन गरेका थिए ।

नेपाल सरकार, खानेपानी मन्त्रालय अन्तर्गत खानेपानी तथा ढल व्यवस्थापन कार्यालय, विराटनगरको सहलगानीमा निर्माण भएको धुलावारी खानेपानी आयोजनाको मूल्य अभिवृद्धि कर तथा पीएससहित कुल १० करोड ४० लाख ९९ हजार छ सय ४७ रुपैयाँ ६४ पैसा ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनि ग्लोबल कन्स्ट्रक्सन एण्ड वाटर ट्रिटमेन्ट प्रालि कोटेश्वर काठमाडौंका पारस लामिछानेका अनुसार मूल्य अभिवृद्धि कर तथा पीएससहित कुल १० करोड २७ लाख ६२ हजार नौ सय ७६ रुपैयाँ ३६ पैसामा आयोजनाको निर्माण कार्य सम्पन्न भएको हो । नेपाल सरकारको ७० प्रतिशत अनुदान सहयोग तथा समितिका तर्फबाट ३० प्रतिशत रकम लागत सहभागिता रहेकोमा १० प्रतिशत नगद र बाकी २० प्रतिशत मुख्यः तथा शाखा पाइपहरु विछछ्याउने, खन्ने, पुर्ने कार्यमा सहभागिता रहेको संस्थाले जनाएको छ ।

ग्लोबल कन्स्ट्रक्सन एण्ड वाटर ट्रिटमेन्ट प्रालि कोटेश्वर काठमाडौंसँग २०८२ साल जेठ १६ गते उक्त आयोजना सम्पन्न गर्नका लागि सम्झौता भई २०८२ साल असार २ गते प्रतिनिधि सभाका तात्कालिन सांसद विश्वप्रकाश शर्माले नै शिलान्यास गरेका थिए । २०८४ साल मंसिर ११ गते सम्पन्न गर्नुपर्ने सम्झौता भएपनि एकवर्ष अघिनै काम सम्पन्न भएको हो । उक्त आयोजना सञ्चालनमा आए लगत्तै मेचीनगर नगरपालिकाका ९,१०, ११, १४ र १५ नम्बर वडाका तीन हजार चारसय २४ घरधुरी लाभान्वित तथा १५ हजार ८१ जनालाई प्रत्यक्ष फाइदा पुग्ने संस्थाले जनाएको छ ।

उक्त आयोजनामा खानेपानी प्रशोधन प्रणाली २५ लिटर प्रतिसेकेण्ड रहेको छ । निजी धाराको आपूर्ति तथा जडान, फायर हाइडे्रन्टको आपूर्ति तथा जडान, कम्पाउन्ड वाल तथा तारवार निर्माण कार्य, अपरेटर तथा सुरक्षा गार्ड आवास भवन निर्माण, ट्रान्सफर्मर, भोल्टेज, स्टेबलाइजर तथा डिजेल जेनेरेटरसहितका विद्युतीय उपकरणहरुको आपूर्ति तथा जडान, इलेक्ट्रो –मेकानिकल उपकरणहरुको आपूर्ति तथा जडान २० एचपी क्षमताको सबमर्सिबल पम्प, डीप ट्युबल ड्रिलिङ तथा जडानलगायतका कार्य उक्त आयोजनमा सम्पन्न भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि शर्माले जापानका नागरिकहरुले आफ्‌नो गास कटाएर जम्मा गरेको पैसाबाट नेपालका धेरै ठाउँमा खानेपानी पुगेको भन्दैं जापानका नागरिकहरुप्रति हार्दिक आभार प्रकट गरे । यो कार्य सवैजनाको साझा प्रयासलेमात्र सम्भव भएको वरिष्ठ उपाध्यक्ष शर्माको भनाई थियो । सरकार, राजनीतिक दलहरुको प्रयास, दाताको साथ र सहयोग,निर्माण व्यवसायीको भूमिका, हरेक नागरिकले तिरेको कर प्रयोग भएकै कारण यो आयोजना सम्भव भएको उनको भनाई थियो ।

तर, यो समाजमा रहेका हरेक मान्छे, वल्लोघर पल्लोघर, कर्मचारी, नेता, व्यवसायीसवैलाई हेर्ने हो भने सवका सबसँग सवै दुःखी र गुनासो र असन्तुष्टी रहेको उनको तर्क थियो । केही भइरहेको छैन् नेपालमा, नेपाल बनिरहेको छैन्, नेपाल बन्दैन् यो खालको मनोविज्ञान सवैसँग रहेको उनले बताए । उनले आज यो आयोजना स्थलमा उभिएर आजभन्दा ३०/ ३५ वर्ष अघिको धुलावारी र अहिलेको धुलावारीलाई एकपटक फर्केर हेर्न पनि आग्रह गरे । कालोपत्रे, सञ्चारसेवा, विद्युत, शिक्षा, स्वास्थ्यलगायत ३०/३५ वर्ष अघि कस्तो थियो ? उनले प्रश्न गरे । ‘‘केही भएको छैन् होइन धेरै भएको छ ’उनले भने, केही न केही त रुपान्तरण भएको छ नि ! तर, हरेकले यी केही नदेख्ने अनि भएन भएन मात्र भन्ने अनि कसरी हुन्छ विकास उनले थपे ।

उद्घाटन सत्रमा संस्थाका पूर्व अध्यक्षहरु, नगरभित्रका अन्य खानेपानी संघ संस्थाका प्रमुख प्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रमुख प्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी, कानून व्यवसायी, उद्योगी, व्यवसायीसहितको उपस्थिति रहेको थियो ।

संस्थाका अध्यक्ष धनकाजी खत्रीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा विशिष्ट अतिथि मेचीनगर नगरपालिका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, , नेपाल पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारी, निर्माण कम्पनि ग्लोबल कन्स्ट्रक्सन एण्ड वाटर ट्रिटमेन्ट प्रालि कोटेश्वर काठमाडौंका पारस लामिछानेलगायतले बोलेका थिए । संस्थाका सचिव उमानाथ (उमेश) सुवेदीले सञ्चालन र संस्थाका उपाध्यक्ष हिमालयन आङ्गदम्वेले शब्दमार्फत सहभागी सवैमा स्वागत गरेका थिए ।

Contact for the Advertisement (बिज्ञापनको लागि सम्पर्क) - 9852662265

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

दुर्गाबहादुर लुइटेल

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।