१३ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

मेचीनगरमा तोरी उद्योगको शिलान्यास

सेयर:

मेचीनगर, १३ पुस । मेचीनगर नगरपालिकाले बाँझो जमिनको पहिचान गरी त्यसमा खेती गर्नका लागि कृषकलाई आग्रह गरे लगत्तै स्थानीय स्तरमा विभिन्न प्रकारका उद्योग सञ्चालनमा आउन थालेका छन् ।

यसै क्रममा झापाको मेचीनगर – १० खयरडागीमा तोरी पेल्नका लागि तोरी मिल उद्योग आगामी फागुन १ गतेबाट सञ्चालनमा आउने भएको छ । उद्योगका लागि आवश्यक भवन निर्माणका लागि ठेक्का लागि सकेको र माघ २५ गते सम्ममा भवन सम्पन्न भएर फागुन १ बाट उद्योग सञ्चालनमा आउने छ । सहज महिला कृषि समवृद्दि बहुउद्घेश्यीय सहकारी संस्था लि मेचीनगर—१० खयरडागीले उद्योग सञ्चालनमा ल्याउने भएको हो ।

‘‘नगरका विभिन्न भागमा रहेका बाँझो जग्गाको पहिचान गरेर त्यहाँ माटो अनुसारको खेती गर्नुपर्छ । ”उप -मेयर मीना पोखरेल उप्रेती

सोमबार मेचीनगर नगरपालिकाका कार्यबाहक प्रमुख मीना पोखरेल उप्रेतीले उद्योगको शिलान्यास गर्नुभएको छ । शिलान्यास समारोहमा बोल्दै कार्यवहाक प्रमुख उप्रेतीले नेपाललाई कृषि प्रधान देश भनिए पनि कृषि तथा अन्य खाद्य वस्तुका लागि नेपाल अझै सम्म आत्मनिर्भर बन्न नसकेको बताउनुभयो ।

उहाँले कृषिको परनिर्भरको अन्त्य गर्दै स्थानीय कृषकको बाझो जग्गामा खेती गर्नका लागि नगरपालिकाले प्रोत्साहन गर्ने बताउनुभयो । नगरका विभिन्न भागमा रहेका बाँझो जग्गाको पहिचान गरेर त्यहाँ माटो अनुसारको खेती गर्न सुझाव समेत दिनुभयो । त्यसका लागि सिञ्चाइ, मल बीउबीजनलगायतका सामग्री उपलब्ध गराउन नगरपालिका जुट्न उहाँको भनाई थियो ।

संस्थाकी अध्यक्ष शारदा शर्मा घिमिरेले शिलान्यास समारोहको सभापतित्व गर्दै संस्थाले विगतका वर्षदेखि नै कृषकले उत्पादन गरेको तोरी खरीद गरी त्यसको सरसफाई गदैं तोरी पेल्ने र तेल प्रशोधन पछि विक्री वितरण गदैं आएको जानकारी दिनुभयो । यसवर्षदेखि संस्थाका शेयर सदस्यहरुबाट, स्थानीय सरकार मेचीनगर नगरपालिका र कृषि तथा पशुपक्षी मन्त्रालयको स्थानीय निकायको करीव ७५ लाख रुपैयाँको लागतमा तोरी उद्योग सञ्चालनमा ल्याउन लागेको बताउनुभयो ।

यसका लागि सहकारीले स्थानीय शेखर शिवाकोटी सञ्चालक रहेको शिवाकोटी राइस मिल परिसमा १० वर्षका लागि जमीन लिजमा लिएर उद्योग स्थापना गर्ने योजना रहेको प्रष्ट पार्नुभयो । लगानी जुटाउने, कृषकलाई तालिमसहित तोरी उत्पादन तथा मिल सञ्चालन गरेपछि कृषकहरुलाई तोरी खेतीतर्फ प्रोत्साहन गर्नेलगायतका काम गर्ने बताइएको छ । उद्योगले आफूलाई आवश्यक तोरी स्थानीय स्तरबाटै खरिद गर्ने र अपुग भएमा देशभित्रैबाट पनि खरिद गर्ने प्रशोधन पछि शुद्घ तोरीको तेल विक्री गर्ने अध्यक्ष घिमिरेले बताउनुभयो ।

विभिन्न राजनीतिक दल, संघ संस्थाका प्रमुख प्रतिनिधि, किसान उद्योगी व्यवसायीलगायतको सहभागिता रहेको शिलान्यास समारोहको सञ्चालन संस्थाकी सचिव हेमकला खरेल शिवाकोटीले गर्नुभएको थियो ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।