१३ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

धानबाली जोगाउन कात्तिक १५ पछि मात्र काट्न कृषकलाई आग्रह

कात्तिक ११ देखि १५ गतेसम्म भारी वर्षाको सम्भावना रहेको भन्दै कृषि विकास कार्यालयले धान भित्र्याउन विशेष सावधानी अपनाउन अनुरोध गरेको छ।

सेयर:

कात्तिक ११ देखि १५ गतेसम्म भारी वर्षाको सम्भावना रहेको भन्दै कृषि विकास कार्यालयले धान भित्र्याउन विशेष सावधानी अपनाउन अनुरोध गरेको छ।

📌 मुख्य बुँदाहरू:

  • कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा हल्कादेखि भारी वर्षाको सम्भावना रहेको छ।
  • पाकिसकेको धान मौसमको अवस्था हेरेर सुरक्षित रूपमा भित्र्याउन वा कात्तिक १५ गतेपछि मात्र काट्न सुझाव दिइएको छ।
  • धान ढलेको वा पानीमा डुबेको अवस्थामा बाला जोगाउन मुठो पारेर ठड्याउने वा अग्लो ठाउँमा राख्न आग्रह गरिएको छ।

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थालाई ध्यानमा राख्दै धान काट्न तथा भित्र्याउन कृषकहरूलाई विशेष आग्रह गरेको छ। वर्षाका कारण धानबालीमा हुन सक्ने क्षति जोगाउन मौसमको पूर्वजानकारी लिएर मात्रै कृषि कार्य अघि बढाउन अनुरोध गरिएको हो।

कार्यालयले जारी गरेको ‘धानबाली काट्ने तथा भित्र्याउने सम्बन्धी’ सूचना अनुसार यही कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा हल्कादेखि भारी वर्षाको सम्भावना रहेको छ। यसले पाकेको धानबालीमा ठूलो असर पार्न सक्ने भएकाले कृषकहरूलाई सतर्कता अपनाउन भनिएको छ।

logo
logo

धान जोगाउन अपनाउनुपर्ने सावधानीहरू

पाकिसकेको धान मौसमको अवस्था हेरेर यथाशीघ्र भित्र्याइसक्न वा कात्तिक १५ गतेपछि मात्र काट्न सुझाइएको छ। तत्काल भित्र्याउन सम्भव नभएका क्षेत्रमा मौसममा सुधार आएपछि मात्रै काट्ने गरी समय मिलाउन कृषकहरूलाई आग्रह गरिएको छ।

त्यस्तै, अझै नपाकेका खेतहरूमा कुलो वा नाली काटेर पानी जम्न नदिने व्यवस्था मिलाउन भनिएको छ। हावाहुरी वा वर्षाका कारण धान ढलेको अवस्थामा बाला पानीमा डुब्न नदिन मुठो पारेर ठड्याउने वा सुरक्षित तथा अग्लो ठाउँमा राख्ने प्रयास गर्न कार्यालयले कृषकहरूलाई सुझाएको छ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।