आलु खेती प्रवर्द्धनमा सक्रिय मेचीनगर

A notice in Nepali from Mechinagar Ward No. 10

११ फागुन, मेचीनगर : आलु खेतीको प्रवर्द्धनमा विशेष चासो देखाउँदै मेचीनगर नगरपालिकाले स्थानीय कृषकहरूसँग प्रत्यक्ष संवाद थालेको छ। नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको नेतृत्वमा एक टोलीले आइतबार मेचीनगर–१५ का विभिन्न स्थानमा पुगेर आलु खेती गरिरहेका कृषकहरूसँग भेटघाट गरेको हो।

वडा नम्बर १५ का कृषकहरूले आलु उत्पादनमा वृद्धि गर्न अनुदानको माग गर्दै नगरपालिकासँग आग्रह गरेका छन्। कृषकहरूको मागअनुसार नगरपालिकामा १० वटा फर्म र व्यक्तिगत किसानहरूले अनुदानका लागि निवेदन दिएका थिए। ती निवेदनमध्ये चार वटा फर्मको प्रस्तावलाई प्रक्रियागत अघि बढाउन नगरपालिकाको टोलीले स्थलगत निरीक्षण तथा अनुगमन गरेको छ।

नगरप्रमुख बुढाथोकीले निरीक्षणका क्रममा कृषकहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै आलु खेतीका लागि आवश्यक प्रविधि, सहायता तथा अनुदानबारे नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए।

अनुगमन गरिएका फर्महरूमा कृष्ण र शिव भेटवालको ‘न्यु भेटवाल कृषि फर्म’, रामहरि नेपाल र लिला खनालको ‘नेपाली बाबू कृषि स्मार्ट फर्म’, रूहिदास राजबंशीको ‘भांगासीतु कृषि फर्म’ र रमेश राईको ‘चामलिङ कृषि फर्म’ रहेका छन्।

स्थलगत अनुगमन टोलीमा नगरप्रमुख बुढाथोकीसहित आर्थिक विकास शाखा प्रमुख दिपेन्द्र कार्की, कृषि शाखा प्रमुख टेकेन्द्र प्रधान, आर्थिक विकास समिति सदस्य खेमकुमार सुब्बा लगायतको सहभागिता रहेको थियो।

अनुगमनका क्रममा स्थानीय कृषकहरूले आलुका विभिन्न प्रजाति, उत्पादन प्रविधि तथा बीउबिजनबारे नगरप्रमुखको टोलीलाई विस्तृत जानकारी गराएका थिए। नगरपालिकाले कृषकहरूलाई आवश्यक सहयोग तथा सहजीकरण गर्दै आलु खेती प्रवर्द्धनलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.