मोबाइल मनी सेवाको लागी टेलिकमले पायो अनुमति, एक महिना भित्र सेवा सञ्चालन गर्ने तयारी

A notice in Nepali from Mechinagar Ward No. 10

नेपाल राष्ट्र बैंकले नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) र राष्ट्रिय बाणिज्य बैंकको संयुक्त लगानीमा आउन लागेको भुक्तानी सेवाप्रदायक कम्पनीलाई अनुमति दिएको छ ।

डिजिटल भुक्तानी सेवाको लागी राष्ट्र बैंकले बिहिबार टेलिकमलाई मोबाइल मनी सेवा सुरु गर्न लाइसेन्स दिएको हो ।

अहिले भइरहेका मोबाइल भुक्तानी सेवा प्रदायक कम्पनीभन्दा फरक बिशेषता र सेवासहित ल्याउन लागिएको मोबाइल मनी सेवाका लागि झण्डै एक महिना अघि अनुमति मागेको थियो ।

अन्य कम्पनीको भन्दा फरक हुने बताइएको टेलिकमको मोबाइल मनी सेवालाई आक्रामक रुपमा विस्तार गर्ने टेलिकमको तयारी छ ।

दुई ओटा कम्पनी मिलेर ल्याउन लागिएको उक्त मोबाइल मनीमा लाखौं सेवाग्राही जोडिने छन् । नेपाल डिजिटल कम्पनी लिमिटेड नामक कम्पनीबाट दिइने उक्त मोबाइल मनी फरक फिचर र सेवाहरु उपलब्ध हुने बताइएको छ ।

१ अर्ब अधिकृत पूँजी रहेको उक्त कम्पनीमा टेलिकमको ६२ प्रतिशत र राष्ट्रिय बाणिज्य बैंकको ३८ प्रतिशत लगानी रहेको छ ।

नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले राष्ट्रबैंकबाट मोबाइल मनी सेवाको अनुमति पत्र पाएको एक महिना भित्र सेवा सञ्चालन गर्ने तयारी रहेको बताए ।‘अरुको भन्दा फरक भएकाले पनि हाम्रो सेवामा ग्राहकको अकर्षण हुने अपेक्षा गरेका छौं’ अधिकारीले भने ।

यस्तो हुने छ सेवा र फिचर

दुई कम्पनीको लगानीमा आउने मोबाइल मनीको सबैभन्दा पहिलो अकर्षणको बिषय अनलाइन र अफलाइन हो । टेलिकमले ल्याउन लागेको मोबाइल मनीमा इन्टरनेट भएको बेलामा र नभएको बेला दुबै समयमा अनलाइन कारोबार गर्न सकिने छ ।

त्यस्तै मोबाइल ब्यालेन्सबाटै सामान किन्न सक्ने व्यवस्था समेत हुने टेलिकमले जनाएको छ । उक्त मोबाइल मनी ग्रामीण जनतामा केन्द्रित हुने समेत टेलिकमको भनाई छ । त्यस्तै टेलिकमको मोबाइल मनी सेवामा बैंङ्किङ वालेट सेवा,क्युआर, तथा सरकारी राजस्व तिर्न बढी फोकस हुने छ ।

पानी,बिजुली, टेलिफोनको बिल तिर्नेदेखि टिकटहरु काट्न,बिल तिर्न, रकम ट्रान्सफर गर्न यो प्रविधि उपयोगी हुने टेलिकमको मोबाइल मनी नयाँ प्रविधिमा आधारित हुने छ ।

टेलिकमकै मोबाइलबाट पेमेन्ट सुविधा सुरु भएमा नेपालमा एकैपटक ठूलो समुदायसम्म मोबाइल बैंकिङ फैलिने आँकलन गरिएको छ ।

सेवा सुरु भएपछि टेलिकमका ग्राहकले अहिलेका रिचार्ज सेन्टरहरुबाटै मोबाइल वालेटमा पैसा जम्मा गर्न सक्नेछन् ।

जसलाई आवश्यकता अनुसार मोबाइलबाटै भुक्तानी गर्न सकिन्छ । तथ्याङ्क हेर्ने हो भने नेपाल टेलिकमका मात्रै सक्रिय सिमकार्ड प्रयोगकर्ता दुई करोड हाराहारीमा छन् ।

यो सँगै नेपालमा पहिलोपटक दूरसञ्चारक सेवाप्रदायक कम्पनी डिजिटल भुक्तानी सेवामा प्रवेश गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.