सुनको मूल्य अझै घट्ने अनुमान, तोलामा २ लाख ५० हजारसम्म झर्न सक्ने

अन्तर्राष्ट्रिय बजारमा मूल्यमा आएको निरन्तर गिरावटसँगै एक सातामै स्थानीय बजारमा २३ हजारभन्दा बढीले घट्यो सुनको मूल्य

A notice in Nepali from Mechinagar Ward No. 10
नेपालमा घट्दो सुनको मूल्य र बजारको दृश्य

📌 मुख्य बुँदाहरू:

  • अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै सुनको मूल्य तोलामा दुई लाख ५० हजार रुपियाँसम्म झर्ने अनुमान गरिएको छ।
  • पछिल्लो एक सातामा स्थानीय बजारमा सुनको मूल्य तोलामा २३ हजार चार सय रुपियाँले घटेको छ।
  • विवाहको लगनको सिजन र घटेको मूल्यका कारण बजारमा सुनको कारोबारमा वृद्धि भएको व्यवसायीले बताएका छन्।

अन्तर्राष्ट्रिय बजारमा मूल्य निरन्तर घट्दै गएपछि स्थानीय बजारमा सुनको मूल्य घटेर तोलामा दुई लाख ५० हजार रुपियाँसम्म झर्ने अनुमान गरिएको छ। पछिल्लो एक सातादेखि सुनचाँदीको मूल्य लगातार ओरालो लाग्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्यको प्रभाव सीधा स्थानीय बजारमा परेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। महासङ्घका अनुसार पछिल्लो एक साताको अवधिमा बजारमा सुनको मूल्य तोलामा २३ हजार चार सय रुपियाँले घटेको छ।

गत कात्तिक २३ गते प्रतिताला दुई लाख ८४ हजार तीन सय रुपियाँ रहेको सुनको मूल्य घटेर दुई लाख ६० हजार नौ सय रुपियाँमा आएको छ। महासङ्घका अनुसार बुधबार मात्रै तोलामा छ हजार तीन सय रुपियाँले मूल्य घटेको छ। सोही दिन अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस तीन हजार ७५३ अमेरिकी डलरमा झरेको छ। सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले आगामी दिनमा सुनको मूल्य थप घट्दै जाने सङ्केत देखिएको बताएका छन्। उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेर प्रतिऔंस तीन हजार पाँच सय अमेरिकी डलरसम्म झर्ने अनुमान गरिएको छ र त्यतिबेला स्थानीय बजारमा मूल्य दुई लाख ५० हजार रुपियाँसम्म पुग्न सक्नेछ।

मूल्य घट्नुका कारण र बजारमा प्रभाव

अमेरिकामा बेरोजगारी दर बढ्दै जानु र फेडरल रिजर्भ बैङ्कले आगामी डिसेम्बरमा ब्याजदर बढाउने चर्चाका कारण सुनको मूल्यमा निरन्तर दबाब परेको व्यवसायीहरूको भनाइ छ। लगानीकर्ताहरूले बजारमा सुन बिक्री गर्न थालेपछि मूल्य थप घट्न पुगेको हो। अन्तर्राष्ट्रिय बजारमा मूल्य घटे पनि नेपालमा सुन आयातमा २० प्रतिशत भन्सार शुल्क लाग्ने भएका कारण स्थानीय बजार केही महँगो रहेको छ। महासङ्घका अनुसार उच्च भन्सारकै कारण भारतको तुलनामा नेपालमा सुनको मूल्य तोलामा १४ हजार रुपियाँ महँगो पर्न गएको छ।

कारोबारमा वृद्धि

सुनको मूल्यमा भारी गिरावट आएपछि र विवाहको लगनको सिजन सुरु भएका कारण बजारमा कारोबार भने बढेको व्यवसायीले बताएका छन्। लगनको सिजनमा अहिले दैनिक ३० देखि ४० केजीसम्म सुन बिक्री हुने गरेको महासङ्घले जनाएको छ। नेपाल राष्ट्र बैङ्कले विभिन्न वाणिज्य बैङ्कलाई दैनिक २५ केजी सुन आयात गर्ने कोटा निर्धारण गरे पनि यसअघि मूल्य उच्च हुँदा खपत घटेर बैङ्कहरूले कोटाअनुसार सुन ल्याउन सकेका थिएनन्।

📄 प्रेस विज्ञप्ति / सूचना

Author
📄 Author
सुनको मूल्य अझै घट्न सक्ने
📄 सुनको मूल्य अझै घट्न सक्ने
सुनको मूल्य अझै घट्न सक्ने
📄 सुनको मूल्य अझै घट्न सक्ने
सुनको मूल्य अझै घट्न सक्ने
📄 सुनको मूल्य अझै घट्न सक्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.