Friday, January 22, 2021
meromechinagar@gmail.com
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
Advertisement
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
समाचार भेटिएन
सबै हेर्नुहोस्
गृह कोरोना अपडेट

कोरोना प्रभाव : आर्थिक समस्या झेल्दै खेलाडी

मेरो मेचीनगर डेस्कमेरो मेचीनगर डेस्क
September 6, 2020
0
1 min read
in कोरोना अपडेट, खेलकुद
0
सेयर
52
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
कोरोना प्रभाव : आर्थिक समस्या झेल्दै खेलाडी

काठमाडौं । सधैं बलसँग मैदानमा देखिने फुटबलर यतिबेला घरभित्रै छन् । व्यावसायिक फुटबल खेलेर जीविकोपार्जन गरिरहेका खेलाडी बढ्दो कोरोना संक्रमणका कारण लकडाउनको पालना गर्दै घरभित्र बस्‍न बाध्य छन् । करिब ६ महिनादेखि खेल्न नपाएका खेलाडी पछिल्लो समय आर्थिक समस्यमा परेका छन् । सँगै लय गुम्‍ने चिन्तामा उनीहरू छन् ।

राष्ट्रिय फुटबल टोली तथा लिग च्याम्पियन मछिन्द्र क्लबका गोलरक्षक विशाल श्रेष्ठ व्यावसायिक खेल खेल्नेका लागि प्रतियोगिता नहुनु सबैभन्दा ठूलो चुनौती भएको बताउँछन् । उनी चैतदेखि मैदानमा जान नपाएको सुनाउँदै यसको दीर्घकालीन असर पर्न सक्ने बताए ।

“हामीले चैतदेखि फुटबलका लागि मैदानमा प्रवेश गर्न सकेका छैनौं । यसले व्यावसायिक फुटबल खेल्ने खेलाडीलाई आर्थिक समस्या मात्र हैन्, सबै खेलाडीको लय गुम्‍ने सम्भावना बढाएको छ,” उनले भने । प्रशिक्षण गर्नु नपाउनु खेलाडीका लागि ठूलो पीडा हो । विश्वकप छनोट मात्रै भए केही खेलाडीलाई सहज हुने उनको विश्‍वास थियो । तर, त्यो पनि २०२१ सम्मका लागि स्थगित भयो ।

“विश्वकप छनोटसँगै नेपालमा पनि फुटबल फर्किने केही आशा थियो । सबैले प्रशिक्षण गर्ने अवसर पाउँथ्यौं । तर, त्यो हुन सकेन । अहिले अवस्था झनै खराब भइरहेको छ,” उनले भने, “प्रायः खेलाडीहरूको फुटबलबाहेक अन्य व्यवसाय छैन । त्यसमा पनि यस वर्षको लिग हुने सम्भावना देखिँदैन । ६ महिनामा त यस्तो अवस्था भयो भने लिग नभए अबको एक वर्षमा खेलेरै परिवार पाल्ने खेलाडीको अवस्था कस्तो होला ?”

चैतदेखि क्लबसँग छैन सम्झौता 
क्लबसँगको सम्झौता यतिबेला प्रायः खेलाडीको सकिएको छ । उनीहरू क्लबविहीन छन् । विभागीय टोलीबाहेक अन्य खेलाडीको सम्झौता चैतदेखि सकिएको थियो । तर, कुनै पनि प्रकारको प्रतियोगिता हुने अवस्था नभएपछि क्लबले खेलाडीको सम्झौता नवीकरणप्रति चासो देखाएको छैन । पछिल्लो समय नेपाली खेलकुद व्यावसायिक हुँदै गएको भनिए पनि यसले क्लबलाई आवश्‍यकताका बेला मात्र खेलाडी बोलाउने प्रवृत्तिलाई झल्काएको छ ।

“विभागीयबाहेक अन्य क्लबका सबैजसो खेलाडीको सम्झौता सकिएको छ । प्रतियोगिता हुने/नहुने  टुंगो नभएपछि क्लबले पनि सम्झौताप्रति चासो देखाएको छैन,” गोलरक्षक श्रेष्ठले भने, “अन्य कुनै व्यवसाय गरौं भने त्यो पनि छैन । जीवनको पूर्णकालीन समय फुटबललाई दियौं । पहिला क्लबसँग एक वर्षको सम्झौता हुने गर्थ्यो । तर, अहिले त्यो पनि छैन । क्लबहरूले पनि सम्झौता सकिएपछि कुनै प्रकारको सहयोगको प्रस्ताव गरेको छैन ।”

यता कर्ण लिम्बूले संकटा क्लबसँग लिगका लागि मात्र चार महिनाको सम्झौता गरेको बताए । उनले नेपाली फुटबल अझै पनि व्यावसायिक नभएकाले लिगका लागि मात्र क्लबसँग चार महिनाको सम्झौता गरेको बताए ।

खेलाडीलाई आर्थिक समस्या
गोलरक्षक श्रेष्ठले एन्फाबाट आउने मासिक तलबले केही राहत भइरहेको बताए । आफ्नो पूरै परिवार काठमाडौंमै भएकाले केही सहज भएको उनको भनाइ छ । तर, अन्य धेरै यस्ता खेलाडी छन् जसले लिग र मोफसलका प्रतियोगिता खेलेर मात्र परिवार पालेका छन् । उनीहरू निकै समस्यामा पारेका छन् । पछिल्लो स्थिति हेर्दा अखिल नेपाल फुटबल संघ (एन्फा) ले यस वर्षको लिग पनि नहुन सक्ने बताउँदै आएको छ ।

“हामीलाई फुटबलबाहेक अरु काम आउँदैन । त्यसैले अर्को पेसामा जान पनि गाह्रो छ । अर्को पेसामा ज्ञान भएकाहरू त बेरोजगार छन् भने हामीलाई झनै गाह्रो हुन्छ,” उनले भने, “स्थिति सामान्य भए एन्फाले पनि कुनै न कुनै निर्णय गरेर प्रतियोगिता आयोजना गराओस् । जसले खेलाडी मैदानमा फर्किन सहज होस् र क्लबसँगको सम्झौतामा पुनः नवीकरण होस् । खेलाडीहरूको बाँच्‍ने आधार नखोसियोस् ।”

ए डिभिजन क्लब संकटा तथा झापा-११ का फरवार्ड कर्ण लिम्बूले पछिल्लो दिनहरू निकै कष्टकर भएको बताए । उनले आर्थिक अवस्थामा मात्र नभई दिन बिताउनै समस्या रहेको बताए ।

“पछिल्लो समय सबैका लागि निकै कष्टकर समय छ । कसैले केही कामै गर्न पाएका छैनन् । आर्थिक समस्याले सबैलाई आक्रान्त पारेको छ । त्यसमा झनै फुटबल मात्र खेलेर परिवार पाल्नेलाई निकै गाह्रो छ,” लिम्बूले भने, “यस्तो अवस्थामा क्लबले मात्र पनि केही गरेन भन्‍न मिल्दैन । क्लबले सबै खेलाडीलाई नभए पनि समस्यमा परेका केही खेलाडीलाई भए पनि सहयोग गर्नु आवश्यक देखिन्छ ।”

फाइल तस्बिर ।

0
सेयर
52
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
पुर्व समाचार

नेटफ्लिक्समा निःशुल्क रुपमा यसरी हेर्नुहोस्, फिल्म र सिरिज

अर्को समाचार

पब्जीको विकल्पमा ‘फौजी’ ल्याउँदै अक्षय कुमार

सम्बन्धित समाचारहरु

भारतमा कोरोना खोप लगाएका ६ सय जनामा देखियो साइड इफेक्ट
अन्तर्राष्ट्रिय

भारतमा कोरोना खोप लगाएका ६ सय जनामा देखियो साइड इफेक्ट

मेरो मेचीनगर डेस्क
January 21, 2021
प्रधानमन्त्री कपमा सुनील धमलाको शतक
खेलकुद

प्रधानमन्त्री कपमा सुनील धमलाको शतक

मेरो मेचीनगर डेस्क
January 21, 2021
विश्वकप छनोटको तयारी गरिरहेको नेपाली फुटबल टिम पोखरातर्फ
खेलकुद

विश्वकप छनोटको तयारी गरिरहेको नेपाली फुटबल टिम पोखरातर्फ

मेरो मेचीनगर डेस्क
January 21, 2021
युभेन्ट्सलाई सुपर कपको उपाधि
खेलकुद

युभेन्ट्सलाई सुपर कपको उपाधि

मेरो मेचीनगर डेस्क
January 21, 2021
0 0 vote
Article Rating
Subscribe
Connect with
Login
I allow to create an account
When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
DisagreeAgree
Notify of
Connect with
I allow to create an account
When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
DisagreeAgree
Please login to comment
0 Comments
Inline Feedbacks
View all comments
 
 
 
 

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

लोकप्रिय समाचारहरु

  • डुँडामारी एफसीको सनसनीपूर्ण जीत ,फाइनलमा शिवसताक्षीसँग भिड्ने
    डुँडामारी एफसीको सनसनीपूर्ण जीत ,फाइनलमा शिवसताक्षीसँग भिड्ने
  • काँकरभिट्टाबाट लागुऔषधसहित १ जना पक्राउ
    काँकरभिट्टाबाट लागुऔषधसहित १ जना पक्राउ
  • बुद्ध एयरको थप एटिआर शुक्रबार नेपाल आइपुग्ने, तीन गन्तब्यमा नाइट स्टप राखेर उडानको योजना
    बुद्ध एयरको थप एटिआर शुक्रबार नेपाल आइपुग्ने, तीन गन्तब्यमा नाइट स्टप राखेर उडानको योजना
  • झापामा मध्यवधि निर्वाचनको चहल पहल शुरु
    झापामा मध्यवधि निर्वाचनको चहल पहल शुरु
  • सनराइज बैंकले पहिलो पटक भित्र्यायो 'कन्ट्याक्टलेस ट्याप टू पे' कार्ड सेवा
    सनराइज बैंकले पहिलो पटक भित्र्यायो 'कन्ट्याक्टलेस ट्याप टू पे' कार्ड सेवा
अर्को समाचार
पब्जीको विकल्पमा ‘फौजी’ ल्याउँदै अक्षय कुमार

पब्जीको विकल्पमा ‘फौजी’ ल्याउँदै अक्षय कुमार

Mero Mechinagar

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ५९०/०७७/०७८

संचालक समूह :

अध्यक्ष : उदयकुमार श्रेष्ठ
प्रवन्ध निर्देशक : सुजन प्रधान
प्रधान सम्पादक : चेतनाथ गाैतम
सम्पादक : लक्ष्मीप्रसाद उप्रेती

सम्पर्क :

मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल
फोन नं : ९८५२६६२२६५
इमेल : meromechinagar@gmail.com

वर्गीकृत समाचार

  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अपराध / कानून
  • अर्थ / वाणिज्य
  • कृषि
  • कोरोना अपडेट
  • खेलकुद
  • धर्म / संस्कृति
  • पर्यटन / भ्रमण
  • फोटो / भिडीयो
  • मनोरन्जन
  • मुख्य समाचार
  • राजनीति
  • राष्ट्रिय
  • शिक्षा
  • समाज
  • साहित्य / कला
  • सूचना / प्रविधि
  • स्थानीय समाचार
  • स्वास्थ्य / जीवन शैली

Mero Mechinagar © 2020 | Powered by: The Hub

समाचार भेटिएन
सबै हेर्नुहोस्
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो

Mero Mechinagar © 2020 | Powered by: The Hub

wpDiscuz