इन्डोनेशियामा कोरोना संक्रमण बढ्यो,अक्सिजन अभाव हुँदै

A notice in Nepali from Mechinagar Ward No. 10

एजेन्सी। इन्डोनेशियाका विभिन्न शहरहरुमा संक्रमण बढ्न थालेसँगै अक्सिनको अभाव हुँदै गएको छ ।

कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्न थालेसँगै इन्डोनेशिया सरकारले अक्सिजन उत्पादकहरुलाई स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्न आदेश दिएको छ ।

इन्डोनेशियामा हरेक दिन २५ हजार भन्दा धेरै नयाँ संक्रमित थपिइरहेका छन् । अति संक्रामक डेल्टा भेरियन्टको संक्रमण फैलिएसँगै इन्डोनेशियामा संकटमा आएको हो ।

इन्डोनेशिया दक्षिण पूर्वी एसियामा कोरोना भाइरसको महामारीका कारण सबैभन्दा बढि प्रभावित हुने देशमा पर्छ ।

इन्डोनेशियामा हालसम्म झण्डै २३ लाख मानिस संक्रमित भएका छन् भने कोभिड–१९ बाट ६० हजार भन्दा बढिको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.