१३ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

बालिका बलात्कार अभियोग : आराेपित पाण्डेलाई पाँच दिन हिरासतमा राख्ने अनुमति

सेयर:

९ जेठ, काठमाडौँ : सौन्दर्य प्रतियोगिताको नाममा आठ वर्षअघि एक बालिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका मनोज पाण्डेलाई थप पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ को कसुरअनुसार उनीमाथि अनुसन्धान भइरहेको छ। पक्राउ परेका पाण्डे परिसरको हिरासतमा छन्।

पीडित युवतीले गत बुधबार सामाजिक सञ्जालमार्फत बलात्कारको घटना सार्वजनिक गरेकी थिइन्। त्यसलगत्तै उनले अधिकारकर्मीहरूको सहयोगमा मानव बेचबिखन तथा ओसारपसार ऐनविरुद्धको कसुरमा परिसरमा जाहेरी दिएकी थिइन्। घटनाबारे सामाजिक सञ्जालबाट दबाब आउन थालेपछि प्रहरीले पाण्डेलाई पक्राउ गरेको थियो।

मिस ग्लोबल इन्टरनेसनल प्रतियोगिताका आयोजक ‘मोडल ग्लोबल भिसाज कन्सल्टेन्सी’का सञ्चालक पाण्डेबाटै पीडित भएको भन्दै आइतबार अर्की एक युवतीले पनि प्रहरी परिसरमा जाहेरी दिएकी छिन्।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।