१३ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

हराएका मोबाइल फेला पारी सम्बन्धित धनीलाई बुझाईयो

सेयर:

१४ साउन, मेचीनगर : अलग अलग समयमा चोरी भएका विभिन्न कम्पनीका मोबाइलहरु इलाका प्रहरी कार्यालय काँकरभिट्टाले फेला पारेर बिहीबार सम्बन्धित धनीलाई बुझाएको छ ।

आफ्ना मोबाइल विभिन्न स्थानहरुबाट हराएको तथा चोरी भएको भन्ने विभिन्न व्यक्तिहरुले दिएको निवेदनको आधारमा खोजतलास गर्ने क्रममा प्रहरीले फेला पारेको मोबाइल धनीलाई बुझाएको हो ।

मेचीनगरका अलग अलग स्थानबाट मोबाइल चोरी भएपछि सम्बन्धित पक्षले खोज तलासका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा निवेदन दिएका थिए । सोहि आधारमा प्रहरीले खोज्ने क्रममा चारवटा मोबाइल फेला परेको थियो । इलाका प्रहरी कार्यालय काँकरभिट्टा परिसरमा विभिन्न संघ संस्थाका प्रतिनिधि, सरकारी कर्मचारी, सञ्चारकर्मीहरुको रोहवरमा सम्बन्धित व्यक्तिलाई मोबाइल जिम्मा लगाएको हो ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी निरीक्षक होमप्रसाद अधिकारीले झापा मेचीनगर— ८ निवासी अम्बिका मेचेलाई सामसुङ्ग ग्यालेक्सी, वडानम्बर —४ का प्रतिक्षा योगीलाई भिभो, वडानम्बर —५ का अम्बिका खतिवडालाई भिभो र वडानम्वर —६ का अनुप कार्कीलाई रेडमी कम्पनिको मोबाइल प्रदान गर्नुभयो ।

सवै मोबाइल २०७७ साल कार्तिकमा चोरी भएका थिए । हराएको आफना सामान ढिलै भएपनि प्रहरीले फेला पारेर जिम्मा दिए पछि उनीहरुले खुशी व्यक्त गरेका छन् । कार्यालयमा दैनिकजसो मेचीनगर र आसपासका क्षेत्रबाट मोबाइल चोरीका घटना बढ्न थालेपछि र दैनिक निवेदन पर्न थालेपछि प्रहरी सहायक निरीक्षक दुर्गा खनालको नेतृत्वमा गोप्य टोली बनाएर खोजी कार्यलाई तीव्र पारेको थियो । टोलीले शंकास्पद क्षेत्रमा सादा पोशाकमा प्रहरी परिचालन गरी शंका लागेका व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । त्यसैका क्रममा यी मोबाइल फेला परेको बताइएको छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।