१३ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

स्रोत नखुलेको रुपैयाँसहित भारतीय नागरिक नियन्त्रणमा

सेयर:

१५ पुस, मेचीनगर : स्रोत नखुलेको भारतीय छ लाखभन्दा बढी रुपैयाँसहित भारतीय नागरिकलाई मंगलबार झापाको काँकरभिट्टाबाट नियन्त्रणमा लिइएको छ । दिउँसो १ बजेतिर स — शस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म हे.क्वा. काँकरभिट्टा र मेची भन्सार कार्यालयको टोलीले संयुक्तरुपमा भारतको अरुणाञ्चल प्रदेश तवाङ जिल्ला बस्ने करिव ६२ वर्षीय लोमसाङ्ग फूलचोकलाई नियन्त्रणमा लिइएको स —शस्त्र प्रहरीले जनाएको छ ।

फायल तस्वीरः
मेची भन्सार कार्यालय काँकरभिट्टाको यात्रु शाखा परिसरबाट नियन्त्रणमा लिइएका फूलचोकका साथबाट भारतीय छ लाख ३० हजार रुपैयाँ फेला परेको छ र उक्त पैसाको स्रोत नखुलेका कारण आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको मेची भन्सार कार्यालय काँकरभिट्टाका एकजना अधिकृतले बताए ।

उनले नेपालका विभिन्न स्थानमा आर्थिक सहयोग गर्न उक्त रकम लिएर नेपाल आएको, आफूसहित अन्य ३२ जना रहेको र बाकी साथीहरु काठमाडौं पुगेको र आफूले यो रकम नेपाली बनाएर लिएर जाने प्रारम्भिक बयान दिएका छन् । मुद्धा फायल तयार गरी बरामद रकमसहित उनलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाको हिरासतमा पठाईएको र भोली आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान इटहरी पठाउने तयारी गरीएको भन्सार अधिकृतले बताए ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।