काँकरभिट्टा । पूर्वी नाका काँकरभिट्टाबाट प्रहरीले एक जनालाई लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको छ ।
२० ग्राम ब्राउनसुगरसहित कमल गाउँपालिका ६ का २० वर्षीय नवराज भट्टराईलाई प्रहरीले पक्राउ गरेको हो।
भारतबाट नेपाल आउँदै गरेका उनलाई लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको संयुक्त टोलीले पक्राउ गरेको हो । दिउँसो करिब साढे ३ बजे भट्टराई भारतबाट आउँदै थिए । प्रहरीले पक्राउ गरी चेकजाँच गर्दा उनको गुप्ताङ्गमा ब्राउनसुगर फेला परेको थियो।
भट्टराईलाई लागुऔषध मुद्दामा जिल्ला अदालत झापाबाट थुनामा राख्ने अनुमति लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
