१३ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

ब्राउन सुगर सहित पक्राउ परेका सिंहको दोहरो नागरिकता, नक्कली बुवा बनाएर नेपाली नागरिकता लिएको खुलासा

सेयर:

इटहरी । ब्राउन सुगर र दोहरो नागरिकताको मुद्दा खेप्दै आएका भारतीय नागरिक राजकुमार सिंहले नक्कली बुवा बनाएर नेपाली नागरिकता लिएको खुलेको छ ।

नेपाली नागरिकतामा बुवा बनाएका ठाकुरप्रसाद सिंह पनि भारतीय नागरिक भएको प्रमाण सप्तरी प्रहरीले फेला पारेको हो।

धरानमा ब्राउन सुगरसहित पक्राउ परेका राजकुमार सिंह माथि दोहरो नागरिकता लिएको प्रमाण सप्तरी प्रहरीले फेला पारेको केही दिनपछि उनले नक्कली बुवा बनाएको ठाकुरप्रसाद सिंह पनि भारतीय नागरिक भएको खुलेको हो।

मंसिर १९ गते धरानबाट ७७ ग्राम ब्राउन सुगरसहित पक्राउ परेका सिंह भारतीय नागरिक हुँदाहुँदै नेपाली नागरिक भएको प्रमाण सप्तरी प्रहरीले भारतमा नै गरेर ल्याएको थियो।

सिंह सप्तरीको तत्कालीन पकरी गाविस–२ का भनिए पनि उनको नेपाली नागरिकता नै किर्ते रहेको रहस्य बाहिर आएपछि सप्तरी प्रहरीले सुरु गरेको अनुसन्धानमा भारतीय नागरिक रहेको प्रमाण फेला परेको पारेको थियो।

सप्तरीको पकरी गाउँविकास समितिबाट बनाएको नागरिकतामा बुवा बनेका ठाकुरप्रासद भारत बिहारको राज जिरोगा ग्राम पञ्चायत अन्तर्गत भरफोरी ग्राम र थाना आन्द्रामण्ड र जिल्ला मधुवनी निवासी भएको प्रमाण फेला सप्तरी प्रहरीले गरेको छ ।

ग्राम पंचायत राज जिरोगाका मुखिया नुतन कुमारीले सप्तरी प्रहरीलाई उनी भारतीय नागरिक भएको उनको भारतमा दुई छोरा रहेको प्रमाणीत गरेर दिएकी छिन् ।

सप्तरी प्रहरी स्रोतका अनुसार राजकुमारको भारतीय नागरिक भएको प्रमाण फेला परेपछि नक्कली बुवा बनाएकाले ठाकुरप्रसादको नागरिकताको छानबिन सुरु गरेको थियो। उनी अहिले सुनसरीको झुम्का कारागारमा पूर्वपक्षको लागि रहेका छन् ।

उनको मुद्दा उच्च अदालत विराटनगरमा विचाराधिन रहेको छ । अदालतबाट ब्राउन सुगर सहित पक्राउ परेको उनीमाथि दोहरो मुद्दा चल्ने भएको हो।

सप्तरी जिल्लाको ठेगाना देखाएर किर्ते नागरिकता बनाएका भारतीय नागरिक राजकुमार सिंहले सुनसरीको इनरुवामा कपडा पसल खोले पनि अन्य प्रतिबन्धित व्यवसायसमेत गर्दे आएको र सोही क्रममा गत मंसिर १९ गते ब्राउन सुगरसहित धरानबाट पक्राउ परेका हुन्।

उनले विभिन्न प्रतिबन्धित व्यवसाय गर्दे नेपालमा करोडौंको सम्पति नेपालमा जोडेको समेत खुलेको छ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सी. एन. गौतम

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।