१३ मंसिर २०८३ ☀️ २०°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड

महाकवि देवकोटाको ११४ औं जन्मजयन्ती भव्यतापूर्वक मनाइयो

सेयर:

८ कात्तिक ,काँकडभिट्टा : नेपाली भाषाका महाकवि लक्ष्मीप्रसाद देवकाेटाकाे १ सय १४ ओैँ जन्मजयन्ती (देवकाेटा जयन्ती) मंगलबार झापाकाे मेचीनगरमा विविध कार्यक्रम सम्पन्न भएकाे छ । देवकाेटा पार्कमा रहेकाे महाकवि देवकाेटाकाे पूर्णकदकाे शालीकमा माल्यर्पण, उहाँकाे जीवनी र नेपाली भाषामा महाकवि देवकाेटाले पुर्याएकाे याेगदानकाे चर्चा र कविगाेष्ठीलगायतका कार्यक्रमसहित कार्यक्रम आयाेजना गरपएकाे थियाे । सुसेली साहित्यक परिवार मेचीनगरले आयाेेजना गरेकाे कार्यक्रमकाे उद्घाटन नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले व्यानर वाचन गरेर गर्नुभएकाे थियाे । आयाेजक संस्थाका अध्यक्ष कथाकार पुण्यप्रसाद खरेलकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रमुख अतिथि उप्रेती, मेचीनगर नगरपालिका प्रमुख गाेपालचन्द्र बुढाथोकी , उपप्रमुख मीना पाेखरेल उप्रेती,नेपाली प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य सुभद्रा भट्टराई अर्याललगायतले देवकोटाकाे पुर्णकदकाे शालीकमा माल्यपर्ण गर्नुभएकाे थियाे ।उपाध्यक्ष केन्दप्रसाद भट्टराईले स्वागत गर्नुभएकाे कार्यक्रममा मेची बहुमुखी क्याम्पस भद्रपुरका उपप्राध्यापक पुण्य खरेलले देवकाेटाकाे कृतित्व र जीवनीमाथि प्रकाश पार्नुभएकाे थियाे । नेपाली भाषाकाे प्रवर्द्धन र विकासमा देवकाेटाले पुर्याएकाे याेगदान भुल्न नहुने स्पष्ट पार्नुभयाे । उनकाे लेखाइ स्पष्ट, सरलका साथै देवकाेटाकाे अत्यन्तै द्रुत गतिकाे लेखाईका कारण अस्पष्ट पनि भेटिने उहाँकाे भनाई थियाे । कार्यक्रममा मेचीनगर प्रमुख गाेपालचन्द्र बुढाथाेकी, उपप्रमुख मीना पाेखरेल उप्रेतीलगायत विभिन्न साहित्यकारहरूले देवकाेटा र नेपाली भाषा र साहित्यका बारेमा आ आफ्नाे धारणा राख्नुभएकाे थियाे । कार्यक्रमकाे सञ्चालन मदन अधिकारीले गर्नुभएकाे थियाे ।

Contact for the Advertisement (बिज्ञापनको लागि सम्पर्क) - 9852662265

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।