१३ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

दमकमा आगलागी १३ लाख रुपैयाँको क्षति

सेयर:

१ साउन, दमक : झापाको दमकमा आज मध्यान्ह आगलागी हुदाँ अन्दाज १३ लाखरुपैयाँ बराबरका धनमाल जलेर नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मध्यान्ह झापा जिल्ला दमक नगरपालिका —६ मा दिलमाया लावतीको होटल सेवारोमा अचानक आग्लागी हुँदा उक्त होटल भित्र रहेको लत्ता कपडा खाद्यन्न, तीनवटा फ्रिज , आठवटा ग्याँस सिलिण्डर , दुईवटा इन्भर्टरसहित घर पुर्ण रुपमा जलेर नष्ट हुँदा १३ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको भनाई छ।

सोही स्थानमा रहेका ज्ञानु रिजालको पक्की दुई तले घरको पछाडी पट्टीको झ्यालको सिसा सात वटा र घर भित्र रहेको लत्ताकपडा जलेर करीव डेढलाख रुपैयाँको क्षति भएको प्रहरीले जनाएको छ ।

सुरेशकुमार थापाको खाली जग्गा भाडामा लिएर टिनको छानो टिनको टाटीबेरा गरेर एक तले कच्ची घरमा लावतीले होटल सञ्चालन गर्दै आएकी थिईन् । होटलमा खाना पकाउने क्रममा सिलिण्डरबाट ग्यास चुहावट भइ सिलिण्डर पडकी होटलमा आगालागी भएको प्रारम्भिक अनुमान छ ।

दमक, उर्लावारी नगरपालिका, कमल गाउँपालिकाको वारुणयन्त्र, जनपथ, सशस्त्र प्रहरी, स्थानीयवासीको सहयोगमा आधा घण्टापछि आगो पूर्णरुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।