१३ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

संसदीय छानबिन समितिले पूर्वअर्थमन्त्री शर्मालाई बयानका लागि बोलायो

सेयर:

३ साउन, काठमाडौँ : बजेट निर्माणको प्रक्रियामा अनधिकृत व्यक्तिको उपस्थितिबारे छानबिन गर्न गठन गरिएको संसदीय विशेष समितिले पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई बयानका लागि बोलाउने भएको छ । समितिको मंगलबार बसेको बैठकले शर्मालाई बयानका लागि बोलाउने निर्णय गरे पनि समय भने तोकेको छैन ।

‘भोली (बुधबार) समय भयो भने पूर्वअर्थमन्त्री शर्मासँग बयान लिनेछौं,’ समितिका एक सदस्यले भने, ‘नभएमा बिहीबार शर्मासँग बयान हुनेछ ।’

समितिको बैठकले बुधबार पूर्वअर्थसचिव रामेश्वर खनाल, शिशिर ढुंगाना र शान्तराज सुवेदीलाई छलफलका लागि बोलाउने निर्णय गरेको छ । त्यसैगरी बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशको बारेमा पहिलो पटक समाचार लेख्ने अन्नपूर्ण दैनिकका पत्रकारसहित यस विषयमा समाचार लेखिरहेका अन्य पत्रकारलाई पनि छलफलका लागि बोलाउने निर्णय गरेको ती सदस्यले बताएका छन् ।

त्यसैगरी, सीसीटीभी फुटेज रिकभरका लागि नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाको सहयोग लिने निर्णय गरेको छ । बजेट निर्माणको क्रममा जेठ १४ गते अनाधिकृत व्यक्तिको प्रवेश गराएर करको दर हेरफेर गरेको विषय बाहिरिएपछि त्यस विषयमा संसदीय समितिले छानबिन गरेको हो । असार २२ गते सभामुख अग्निप्रसाद सापकोटाले ११ सदस्यीय विशेष समिति बनाएका हुन् ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।