१३ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

भद्रपुर पोखरा उडानले ट्राभल व्यवसायी उत्साहित : कोभिडले थला परेको व्यवसाय पुरानै लयमा फर्कने विश्वास

सेयर:

२३ चैत, मेचीनगर : १ नम्बर प्रदेश झापाको भद्रपुरदेखि गण्डकी प्रदेश कास्कीको पोखरासम्म सीधा हवाई उडान हुने खवरले १ नम्बर प्रदेशका पर्यटन व्यवसायीहरु उत्साहित मात्र छैनन्, कोभिड १९ का कारण थला परेको पर्यटन व्यवसाय पुरानै लयमा फर्कने कुरामा समेत विश्वस्त छन् ।

झापाको चन्द्रगढी विमानस्थलबाट नयाँ वर्ष २०७९ साल वैशाख २ गतेबाट कास्कीको पोखरासम्म सीधा हवाई उडान सञ्चालनले दुबै ठाउँका व्यवसायीलाइ मद्घत पुग्ने व्यवसायीहरुको भनाई छ । अहिले सीमावर्ती भारतका विभिन्न ठाउँबाट पोखरा जाने हवाई यात्रुले भद्रपुरबाट काठमाण्डौ र काठमाण्डौँ पुगेरमात्र हवाईजहाजमार्फत पोखरा पुग्ने अवस्था छ ।
अब यसले यात्रुलाई सुविधा र सहज मात्र होइन भद्रपुर र पोखराको यात्रालाई समेत नजीक र सहज बनाईदिएको नेपाल एशोसिएशन अफ टुर्स एण्ड ट्राभल एजेण्टस् नाट्टा १ नम्बर प्रदेश अध्यक्ष उदयकुमार श्रेष्ठको भनाई छ ।
‘भद्रपुरदेखि पोखराको सीधा उडानले गण्डकी प्रदेशबाट अब सहज रुपमा पर्यटकहरु झापा आउन सक्छन्’ अध्यक्ष श्रेष्ठले भन्नुभयो —‘यस्ले गर्दा प्रदेश १ को पर्यटन व्यवसाय बढ्ने आशा गर्न सकिन्छ । विशेष गरी मेची कोरिडोरमा रहेको कन्याम, इलाम, सन्दकपुर, फिदिम, ताप्लेजुङको पाथीभरा मन्दिर जस्ता पर्यटकीय एवम् धार्मिकस्थलहरुमा पर्यटकहरुको आर्कषण बढ्छ र भीडभाड समेत हुन्छ ।’
यो उडानले १४ घण्टाको गाडीको यात्रालाई अब १ घण्टामा पुग्न सकिने बनाईदिएको छ । झापा, इलाम, मोरङ, सुनसरीलगायत पूर्वीउत्तर भारतको शहर र स्टेटहरु सिलीगुडी, कलकत्ता, सिक्किम, दार्जीलिङ, आसाम, मेघालय, अरुणाचल प्रदेश जस्ता ठाउँहरुबाट पोखरा, मुक्तिनाथतिर घुम्न जाने पर्यटक हरुलाई यस्ले सहज बनाउछ र पर्यटक हरुको संख्या बढ्ने व्यवसायीहरुको भनाई छ ।

यसअघिदेखि नै स्थानीय पर्यटन व्यवसायीहरुले चन्द्रगढी–पोखरा उडानका लागि सम्बन्धीत पक्षको ध्यानाकर्षण गर्दै आएको र ढिलै भएपनि पर्यटनकाक्षेत्रमा एउटा नवीन काम भएको नेपाल एशोसिएशन अफ टुर्स एण्ड ट्राभल एजेण्टस् नाट्टा १ नम्बर प्रदेशका महासचिव नवीन खरेलको भनाई छ । काँकरभिट्टा नाका भएर नेपाल घुम्न आउने पर्यटक यसअघि हवाई मार्गबाट पोखरा पुग्नका लागि काठमाडौं हुँदै जानुपर्ने बाध्यता थियो यो बाँध्यताको अन्त्य भएको खरेलको भनाई छ । हवाई मार्ग जोडिनु पर्यटकीय क्षेत्रको विकासको एउटा खम्बा भएको पर्यटन व्यवसायीहरुको भनाई छ ।

पछिल्लो समय पोखरा हवाई मार्गमार्फत विभिन्न शहरसँग जोडिएको थियो अब झापा त्यसमा पनि १ नम्बर प्रदेशसँग जोडिएको छ जस्ले कोभिड १९ का कारण थला परेको नेपालको पर्यटन व्यवसायलाई पुरानै लयमा फर्काउने छ भन्नेमा अधिकाँश व्यवसायी ढुक्क छन् । धेरै पर्यटकलाई उडानले सहज बनाउने र पर्यटन व्यवसाय पनि फस्टाउनेमा आफुहरु ढुक्क रहेको महासचिव नवीन खरेलको भनाई छ । नेपाल एशोसिएशन अफ टुर्स एण्ड ट्राभल एजेण्टस् नाट्टा गण्डकी प्रदेश अध्यक्ष सञ्जयकान्त सिग्देल यो उडान शुरु भएपछि पोखरमा बाह्य पर्यटकहरुको समेत भीडभाड हुने बताउनुहुन्छ ।

‘पोखरा आन्तरिक पर्यटककोलागि ‘हब’ बनेको छ, विदेशीले मन पराएको पर्यटकीय बजार हो ’ अध्यक्ष सिग्देलले भन्नुभयो —‘भद्रपुरबाट काठमाण्डौँ आउने हवाईयात्रुहरु मध्ये ३५ देखि ४० प्रतिशत मात्र पोखरा आइपुग्छन् । पोखरा आउने पर्यटकलाई सीमाक्षेत्रबाट सहजरुपमा यातायातको व्यवस्था गर्न सक्दा सोझै उहाँहरु पोखरा आउन सक्नु हुन्छ ।’

१ नम्बर प्रदेश धार्मिक एवम् पर्यटकीयस्थलका लागि धनी प्रदेश रहेको उहाँको भनाई छ । अब उडान शुरु भएपछि पोखराबाट १ नम्बर प्रदेशका धार्मिक एवम् पर्यटकीय स्थलसम्म आन्तरिक पर्यटक सहजै पुग्न सक्छन् । प्रदेश–१ का मा रहेका पर्यटकीय क्षेत्र ताप्लेजुङको पाथीभरा, कञ्चनजंघा हिमाल, इलामको कन्याम, अन्तु, पानीटारका चियाबगान घुम्न आउने पर्यटक बढ्ने उहाँले बताउनुभयो । भारतको लखनउ, दिल्ली, बाघडुग्रा कोलकतालगायतका पर्यटकको रोजाइमा पोखरा पर्ने भए पनि यातायातको सुविधा नहुँदा पोखरा आउन नमान्ने र आफुहरु प्रचारमा जाँदा लामो समय सम्म यात्रा गर्नुपर्ने भएका कारण पोखरा रोजाईमा पुगे पनि लक्षित पर्यटक आउन नसकेको अध्यक्ष सिग्देलको भनाई छ । चन्द्रगढी–पोखरा उडानको भाडादर ६ हजार ९ सय रुपैयाँ तोकिएको छ । पोखराबाट चन्द्रगढी दिउँसो १ः२५ मा जहाज उड्नेछ । चन्द्रगढीबाट सो जहाज पोखराका लागि दिउँसो ३ बजे उड्ने छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

दुर्गाबहादुर लुइटेल

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।