१३ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

रोटरी क्लब अफ काँकरभिट्टाको अध्यक्षमा सञ्चार उद्यमी प्रधान : परियोजना हस्तान्तरणसहित पदभार ग्रहण

सेयर:

१७ असार, मेचीनगर : रोटरी इन्टरनेश्नल डिष्ट्रीक ३२९२ नेपाल भुटान अन्तर्गतको रोटरी क्लब अफ काँकरभिट्टाको सन् २०२२/०२३ को नयाँ नेतृत्वले विद्यालयलाई खानोपानी आयोजना हस्तान्तरण गरेर आफ्नो पदभार ग्रहण गरेको छ ।

सन् २०२१/०२२ को आयोजना अन्तर्गत बाल कल्याण माध्यमिक विद्यालय मेचीनगर —५ मा निर्माण गरिएको नवनिर्मित शुद्घ पिउने पानी परियोजना शुक्रबार सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरेर समितिले पदभार ग्रहण गरेको हो । सन् २०२१/०२२ र सन् २०२२/०२३ का अध्यक्ष क्रमस रोहितकुमार बुढाथोकी र सुजन प्रधानले संयुक्तरुपमा विद्यालयका प्रधानध्यापक नारायणप्रसाद न्यौपानेलाई परियोजनाको साचो हस्तान्तरण गर्नुभयो ।

रोटरी अन्तर्राष्ट्रिय डिष्ट्रीक ३२९२ नेपाल भुटान अन्तर्गतको रोटरी क्लब अफ काँकरभिट्टाको सन् २०२२/०२३ को अध्यक्षमा सञ्चार उद्यमी सुजन प्रधान चयन हुनुभएको छ । उहाँ हब डिजिटल मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक हुनुहुन्छ अध्यक्ष प्रधान सन् २०१० देखि रोटरी क्लब अफ काँकरभिट्टाको स्थापनाकालदेखि नै आवद्घ हुनुहुन्छ । संस्थापक एडमिनिस्ट्रेसन चियर हुदैं डिष्ट्रीकका विभिन्न जिम्मेवारीमा रहेर काम गरिसक्नुभएको छ । भरखरै सम्पन्न १४ औँ डिष्ट्रीक कम्फरेन्सको सचिवको जिम्मेवारी समेत उहाँले निर्वाह गरिसक्नुभएको छ ।

यसैगरी प्रेसिडेन्ट इलेक्टमा इञ्जिनियर रुद्र मैनाली, प्रेसिडेन्ट नोमिनी डाक्टर आनन्दराज खनाल तथा भाइस प्रेसिडेन्ट मेदनीप्रसाद खरेल र विजया तामाङ रहनु भएको छ ।

इमिडेट पास्ट प्रेसिडेन्टमा रोहितकुमार बुढाथोकी, सेक्रेटरीमा भगिरथ राई, जोइन्ट सेक्रेटरीमा जीवन भट्टराई, क्लबको चेयर एडमिनिस्ट्रेसनमा उदयकुमार श्रेष्ठ चयन हुनुभएको छ । ट्रेजररमा नवराज (कृष्णकान्त) खनियाँ सर्वसम्मत चयन हुनुभएको क्लबले जनाएको छ । मेम्बरसीप कमिटी चेयरमा लक्ष्मीदेवि खनियाँ, पब्लिक इमेज चियर मोहन निरौला, सर्भिस प्रोजेक्ट चेयर दीपेन्द्रराज पाण्डे, द रोटरी फाउण्डेशन चियर बालकुमार घिमिरे चयन हुनुभएको सेक्रेटरी राईले जानकारी दिनुभयो । युथ चेयरमा रविचन्द्र नेपाल र सर्जन्ट एट आम्र्समा कृष्ण पौडेल चयन हुनुभएको छ ।

परियोजना हस्तान्तरण कार्यक्रममा बोल्दैं निवर्तमान अध्यक्ष रोहितकुमार बुढाथोकीले सम्बन्धित वडाले परियोजनाको लागि केही बजेट विनियोजन गरेपछि रोटरीले समेत थप रकम लगाएर करीव ३ लाख बढी रुपैयाँमा परियोजना सम्पन्न भएको बताउनुभयो । रोटरीले विश्व शान्ति, खानेपानी र सरसफाई, आधारभूत शिक्षा, विभिन्न रोगको उपचार तथा रोकथाम, आमा र नवजात शिशुको स्वास्थ्य उपचार, समुदायमा आधारित आर्थिक विकासका क्षेत्रमा पुर्याएको योगदानको अहिले विश्वभर प्रशंसा भएको चर्चा गर्नुभयो । आगामी दिनमा समेत यस्ता कार्यले निरन्तरता पाउने विश्वास उहाँले दिलाउनुभयो । उहाँले अब समाज रुपान्तरण र परिवर्तमा सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका मेचीनगर —५ का वडाध्यक्ष कनकबहादुर कार्कीले रोटरीले यो शहरदेखि निक्कै टाढा रहेको गाउँको विद्यालयमा परियोजना सम्पन्न गरेकोमा रोटरीको प्रंशसा गदैं आगामी दिनमा समेत बजेट विनियोजन गर्ने प्रतिवद्घता व्यक्त गर्नुभयो । रोटरीले स्वास्थ्य, शिक्षा, वातावरणलगायत सामाजिकक्षेत्रमा पुर्याएको योगदानका बारेमा उहाँले चर्चा गर्नुभएको थियो ।

विद्यालयका प्रधानध्यापक नारायणप्रसाद न्यौपानेले यसको सञ्चालनमा कुनै समस्या आउन नदिने तथा संरक्षण र प्रयोगमा लाग्ने प्रतिवद्घता व्यक्तगर्नुभयो । रोटरीले विद्यालयमा खानेपानी परियोजना सम्पन्न गरी हस्तान्तरण गरेर यहाँको ठूलो समस्या समाधान भएकोमा विद्यालयका प्रधानध्यापक न्यौपानेले खुशी व्यक्त गर्नुभयो । धेरै कुराबाट समस्या झेलिरहेको अनि कक्षा १० सम्म पढाई हुने यो विद्यालयमा करीव ३ सय ५० जना विद्यार्थी अध्ययनरत छन् ।

कार्यक्रमको अध्यक्षता गदैं रोटरी क्लब अफ काँकरभिट्टाको सन् २०२२/०२३ का अध्यक्ष सुजन प्रधानले आगामी दिनहरुमा रोटरी सामाजिक कार्यमा यसरी नै लाग्ने बताउनुभयो । रोटरी भनेको समाजप्रतिको उत्तरदायित्व वहन गराउने नाफारहित सामाजिक संस्था भएको भन्दैं उहाँले आफ्नो लागि मात्र नभएर समाजका लागि पनि केही गर्नुपर्छ भन्ने सकारात्मक सोच र निःस्वार्थ भावनाले समाजमा केही गरौं भन्ने विभिन्न क्षेत्रमा सक्रिय उद्योगी व्यवसायीहरु तथा विभिन्न पेशामा रहेका मानिसहरु मात्र रोटरीमा अटाउने विचार राख्नुभयो । यसअघि रोटरीले गर्दै आएका कामलाई निरन्तरता दिदैं थप अरू रचनात्मक र सकरात्मक काम गर्ने उहाँले प्रतिवद्घता दोहोर्याउनुभयो ।

यसअघि क्लबले मेचीनगर ५ को मेची आधारभूत विद्यालय, मेचीनगर—७ स्थित मदनवस्तीमा अढाई दशक अघिदेखि मेचीनगर नगरपालिकाद्वारा सञ्चालित श्री कृष्ण प्राथमिक विद्यालय, मेचीनगर— ६ स्थित काँकरभिट्टा माध्यमिक विद्यालयमा शुद्घ पिउने पानी परियोजना हस्तान्तरण गरेको प्रोजेक्ट चियर दिपेन्द्रराज पाण्डेले बताउनुभयो । मेचीनगर वडानम्बर ४ मा रहेको पशुपति माविमा शुद्घ पिउने पानी परियोजना सम्बन्धित विद्यालयलाई हस्तान्तरणको अन्तिम तयारी छ ।

कार्यक्रमको सञ्चालन सचिव भगिरथ राईले गर्नुभएको थियो । कार्यक्रमा एजी राधिका गुरुङ, क्लबका पूर्व अध्यक्ष राजु महर्जन, क्लबको चेयर एडमिनिस्ट्रेसन उदयकुमार श्रेष्ठ, ट्रेजररमा नवराज (कृष्णकान्त) खनियाँलगायतको उपस्थिति रहेको थियो ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

दुर्गाबहादुर लुइटेल

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।