१३ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

मधेस प्रदेशमा ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजारकाे बजेट विनियोजन (पूर्णपाठ)

सेयर:

१ असार, जनकपुरधाम : मधेस सरकारले अगामी आर्थिक वर्षका लागि रु. ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजार बजेट विनियोजन गरेको छ।

बुधबार प्रदेशसभामा अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले आर्थिक वर्ष ०७९र८० को बजेत प्रस्तुत गरेका हुन्।

विनियोजित कुल बजेटमा चालुतर्फ २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार (४६.४४ प्रतिशत) र पुँजीगततर्फ २५ अर्ब ८२ करोड २० लाख ८० हजार (५३.२१ प्रतिशत) रहेको छ।

अर्थमन्त्री साहले बजेटमा वित्तीय व्यवस्थापनतर्फ १६ करोड २४ लाख ५६ हजार २ सय, आन्तरिक राजस्वबाट ४ अर्ब १८ करोड ९३ लाख ७५ हजार, कोषमा रहेको सञ्चितितर्फ ३८ करोड रहेको जानकारी दिए। नेपाल सरकारबाट राजस्व बाँडफाँटबापत ११ अर्ब ६१ करोड ९८ लाख, समानीकरण अनुदानबापत सात अर्ब ८१ करोड ५८ लाख र चालु वर्षको विनियोजनबाट बचत हुने नगद मौज्दात ९ अर्ब ६६ करोड रहेको उनले बताए।

विशेष अुनदानबाट ४९ करोड र सम्पुरक अनुदानबाट ७८ करोड, ससर्त अनुदानबाट १० अर्ब ६ करोड ९१ लाख र युनिसेफबाट प्राप्त हुने अनुदान ४ करोड ३३ लाख ४७ हजार गरी ४५ अर्ब ४ करोड ९९ लाख २८ हजार हुँदा रु. एक अर्ब ८२ करोड दस लाख १८ हजार दुई मात्र ऋण देखिन्छ। सो ऋण पूर्ति गर्न अगामी वर्षमा आन्तिरक ऋण परिचालन गरिने बजेट वक्तव्यमा उल्लेख छ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।