१५ माघ, मेचीनगर : चालु आर्थिक वर्ष २०७८/२०७९ को माघ १३ गते सम्म अवैधरुपमा आयात—निर्यात गदैं गर्दाको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल वोडर आउट पोस्ट ‐वीओपी) काँकरभिट्टाको टोलीले ६९ लाख ६९ हजार ८ सय २५ रुपैयाँ मुल्य बराबरको मालसामान पक्राउ गरेको छ ।
चालु आर्थिक वर्ष २०७८/२०७९ को शुरु साउनदेखि माघ १३ गतेसम्म वा ६ महिना १३ दिनको अवधिमा जिल्लाका विभिन्न स्थानबाट अवैधरुपमा आयात—निर्यात गदैंगर्दाको अवस्थामा ती मालवस्तु पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल वोडर आउट पोस्ट ‐वीओपी) काँकरभिट्टाका प्रमुख वीओपी पति सशस्त्र प्रहरी निरीक्षक प्रेम राईले बताउनुभयो ।
उहाँका अनुसार सवैभन्दा कम साउन महिनामा १ लाख ४६ हजार ४ सय ९६ र बढी कात्तिक महिनामा १५ लाख २० हजार २ सय १७ रुपैयाँ मुल्य बरबारका मालसमान सशस्त्र प्रहरीले पक्राउ गरेको छ । पछिल्लो समय सशस्त्र प्रहरीले सीमाक्षेत्रबाट हुने अवैधधन्दा नियन्त्रणका लागि सशस्त्र प्रहरीको वोडर आउट पोस्ट ‐वीओपी) स्थापना गरिरहेको छ ।
सीमाक्षेत्रमा वोडर आउट पोस्ट ‐वीओपी) स्थापना भए पछि यस्तो धन्दामा कमि आउने विश्वास गरिएको छ । भदौ महिनामा ११ लाख ३० हजार ७ सय ७९, असोजमा ९ लाख ८६ हजार ३ सय ८० रुपैयाँ, मंसिरमा ११ लाख२ हजार २ सय ३० , पुस १३ लाख ७ हजार १ सय ८३ र माघ १३ गतेसम्म ७ लाख ७६ हजार ५ सय ३० रुपैयाँ मुल्य बराबरका समान पक्राउ गरीएको कार्यालयको तथ्याङ्क छ ।
कोभिड १९ का कारण मुख्यः नाकाबाट आउजाउमा कडाई गरेका कारण यसमा संलग्नहरुले अबैध बाटो हुदैं सामान आयात निर्यात गर्ने गरेको प्रहरीको दावी छ । घरका झयाल ढोकामा प्रयोग हुने छिड्किनी, काटी, कब्जा, वासर, खाद्यन्न, विद्युतीय, किराना, लत्ताकपडा, जुत्ता चप्पल, मललगयातका सामान प्रहरीले पक्राउ गरेको थियो । पक्राउ गरिएका सवै सामान आवश्यक कारवाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाईएको वीओपी पति सशस्त्र प्रहरी निरीक्षक प्रेम राईले बताउनुभयो ।