१३ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

पर्यटनलाई समग्र अर्थतन्त्रको गतिशील आयाम बनाउने सरकारको लक्ष्य

सेयर:

१० जेठ, काठमाडौँ : सरकारले पर्यटन उद्योगलाई समग्र अर्थन्त्रको गतिशील आयाम बनाउने घोषणा गरेको छ । यसका लागि पर्यटकीय स्थल र वस्तुको विविधिकरण गर्दै रोजगारी वृद्धि गर्ने राष्ट्रपति विद्यादेवि भण्डारीले बताइन् ।

मंगलबार संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले स्थानीय उत्पादनमा जोड दिँदै त्यसलाई पर्यटनसँग जोड्ने लक्ष्य सरकारले लिएको बताइन् । एकीकृत पर्यटकीय पूर्वाधार बनाउँदै उच्च मूल्ययुक्त उपजको विकास गरिने समेत राष्ट्रपतिले बताइन् । पर्यटनमा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने घोषणा सरकारले गरेको छ ।

ग्रामीण पर्यटन विकास गर्न होमस्टेलाई प्राथमिकता दिइने भएको छ । मूर्त र अमूर्त सम्पदा संरक्षण गर्दै सास्कृतिक पर्यटनमा जोड दिइने भएको छ । इतिहास, कला संस्कृति, मौलिक संस्कृति समेटेर बृहत संग्रहालय बनाउने घोषणा समेत सरकारले गरेको छ ।

ग्रेट हिमालय टेलको स्तरोन्नती, लुम्बनी,पशुपति र जनकपुरलाई धार्मिक पर्यटनको केन्द्र बनाउने सरकारको घोषणा छ । कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिने भएको छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।