१६ माघ भद्रपुर : नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले प्र्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै वडास्तरिय चुनावी अभियानलाई तिव्र बनाउदैं लगेको छ । शुक्रबार झापाको निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत भद्रपुर नगरपालिकाको ९ र १० नम्बर वडामा विविध कार्यक्रम सम्पन्न गरेको छ ।
वागमती प्रदेशका पुर्व प्रदेश प्रमुख एवम् आसन्न फागुन २१ गते हुन गईरहेको प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को लागि नेपाल कम्युनिस्ट पार्टी (एमाले) झापा निर्वाचन क्षेत्र नम्वर १ का निर्वाचन परिचालन कमिटीका सह संयोजक विष्णुप्रसाद प्रसाईको प्रमुख आतिथ्यतामा नेपाल कम्युनिस्ट पार्टी (एमाले) भद्रपुर –९ नम्वर वडा कमिटीको विस्तारित बैठक सम्पन्न भएको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीको तर्फबाट प्रत्यक्षतर्फका उम्मेदवार रामचन्द्र उप्रेती र समानुपातिक तर्फका उम्मेद्वार लता प्रसाई सहभागी बैठकको अध्यक्षता वडा कमिटी अध्यक्ष ध्रुवराज कार्कीले गर्दैं कार्यक्रमको औंचित्यमाथि प्रकाशसहित चुनाव प्रचार प्रसार समितिको कार्यालय उद्घाटन र विभिन्न समिति, उपसमिति गठन भएको घोषणा गरेका थिए । वडामा १४ वटा उपसमिति गठन भएको छ ।
सदस्य मञ्जु पोख्रेलले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि प्रसाई, उम्मेदवारहरु रामचन्द्र उप्रेती लता प्रसाई भटभटिया राजवंशीलगायतले बोलेका थिए ।

यसैगरी, नेपाल कम्युनिस्ट पार्टी (एमाले) भद्रपुर –१० नम्वर वडा कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दैं उम्मेद्वार रामचन्द्र उप्रेतीले हरेक नेपालीहरु हरेक कुरामा आत्मनिर्भर बन्नुपर्नेमा जोड दिए । तर, नेपाली जनता परनिर्भरको अन्त्य गरी आत्मनिर्भर बन्न खोजे बाह्य शक्तिलाई मन नपर्ने स्पष्ट पारे । जब जब नेपाली जनता आत्मनिर्भर हुन खोज्छन् तब तब छिमेकीको टाउँको दुःख्ने भन्दैं उप्रेतीले उनीहरु नेपाल सशक्त, बलियो र आत्मानिर्भर भएको मन नपराउने भएका कारण पनि यी शक्तिहरु नेपालमा आफ्नो अनूकुलको सरकार बनोस भन्ने चाहाने राख्ने उनको तर्क थियो ।
अहिले नेपालका राजनीतिक दलहरुले केही गरेनन् भन्ने भाष्य सिर्जना गरी नेपाली जनतामा भ्रम छर्ने काम भएको भन्दैं उम्मेद्वार उप्रेतीले शिक्षा, स्वास्थ्य, विद्युत, सञ्चार, सडकलगायतका क्षेत्रमा देशले निक्कै फड्को मारेको बताए । अहिले स्वास्थ्य उपचारका लागि अस्पताल, शिक्षाका लागि विद्यालय, उज्यालोका लागि विद्युतलगायतको सुविधा प्राप्त भएको र अब त्यसको गणुस्तर बढाउनुपर्ने उनले बताए । एमाले सत्ता र सरकारमा हुँदा निक्कै प्रशंसायोग्य काम गरेको उनले बताए । ‘ राज्यले अब पूर्वाधारलाई मात्र विकासका रुपमा नहेरी बनेका सडक, विद्युत, अस्पताल, विद्यालयमा गुणस्तरीय सेवाका लागि दक्षजनशक्ति उत्पादनमा ध्यान दिनुपर्छ । ’ उनले भने । अस्पताल, विद्यालयमा विशेषज्ञ सेवा समयको माग भएको भन्दैं उनले राज्य यी कुरा गर्ने तर्फ लाग्नुपर्नेमा जोड दिदैं सीपसँग जोडिएको शिक्षा आजको आवश्यकता भएको बताए ।

सामाजिक सञ्जालमा कलिला मस्तिष्कमा भ्रम सिर्जना गर्ने तत्वले एमालेका विरुद्व भ्रम छर्नेगरेकोे भन्दै यस्लाई रोक्न यूवा सञ्जालको आवश्यकता औल्याए । भ्रममा परेर गलत निर्णय गरे भविष्यमा समस्या हुने र समयमै विचार पुर्याउन सवैमा आग्रह गरे ।
समानुपातिक तर्फका उम्मेद्वार लता प्रसाईले आफ्नो राजनीति यात्राका बारेमा सहभागीलाई जानकारी गराईन् । उनले आगामी दिनमा एमालेले चुनाव जितेमात्र देश बलियो र समृद्ध हुने बताइएन् । एमाले पार्टी कार्यकर्ताहरुले उम्मेद्वारलाई व्यक्तिगतरुपमा मत माग्नुभन्दा पनि पार्टीलाई जिताउन पार्टीका लागि मत माग्नुपर्ने उनको भनाई थियो ।
संविधान सभा सदस्य एवम् निर्वाचन परिचालन कमिटी संयोजक रविन कोईरालाले राजनीतिक योगदानमा अहिलेका दुवै उम्मेद्वार सक्षम निष्कलंक भएको बताए ।
फागुन २१ गते हुन गईरहेको प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को लागि नेपाल कम्युनिस्ट पार्टी (एमाले) झापा निर्वाचन क्षेत्र नम्वर १ का निर्वाचन परिचालन कमिटीका सह संयोजक विष्णुप्रसाद प्रसाईले हरेक नेता कार्यकर्ताहरु आफ्नो मत सुरक्षित राख्दैं गाउँ गाउँ गएर मतदाताहरुसँग मतका लागि आग्रह गर्नुपर्ने बताए ।


कार्यक्रममा पार्टीका कोशी प्रदेश सदस्यहरू देवकुमार राई, घनश्याम अधिकारी, शिवकुमार राजभण्डारी, , क्षेत्रीय अध्यक्ष कृष्ण कनाल, शिवनारायण पौडेल, बुद्धिजीवी परिचालन कमिटी संयोजक तुलसीप्रसाद निरौला, पुरूषोत्तम अधिकारी, बाबुराम कार्की, ब्रम्हलाल ढुङ्गाना, लालबहादुरलगायत केन्द्रीय, प्रदेश, जिल्ला, क्षेत्रीय, नगर, वडातहका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । सचिव सरोज नेपालको सहजीकरण र उपाध्यक्ष एकराज भुजेलको स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको हो । यसअघि पार्टीले बुद्धशान्ति गाउँपालिकाका विभिन्न वडामा कार्यक्रम गरेको छ ।

साथै सहीद दिवसका अवसरमा उम्मेद्वारहरुसहितको उपस्थितिमा झापाको मेचीनगर १५ ज्यामिरगढीमा रहेको सहिद वीरेन राजवंशीको शालीकमा माल्यर्पण गरिएको थियो ।



























