नियुक्ती अपरेटर, जिम्मेवारी भान्से

A notice in Nepali from Mechinagar Ward No. 10

४ चैत, झापा :  कुनै न कुनै विषयले बेला बखत चर्चामा आईरहने झापाको मेचीनगर नगरपालिका धुलावरीमोडबाट बजार क्षेत्र हुँदै मेचीनगर-९ को खुट्टीडाँगीको थोप्लेबिरान सामुदायिक वनको कार्यालयसम्म निर्माण शुरु गरिएको सहिदमार्ग [मेचीनगरको गौरवको आयोजना] निर्माणमा भएको ढिलाईप्रति आलोचित भईरहदाँ कर्मचारीको नियुक्ति दरबन्दी र हाल उस्ले पाएको जिम्मेवारले थप चर्चामा छ ।
मेचीनगर नगरपालिकामा रहेको रोलर गाडी ‐हेभी एक्यूपमेन्ट)सञ्चालनका लागि नियुक्ति गरेको व्यक्तिलाई पछिल्लो समय प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले क्वाटरमा भान्से बनाएको विषय अहिले बजारभरि छ । अपरेटरमा नियुक्ति दिएर खाना पकाउने भान्सेको जिम्मेवारी दिएपछि नगरपालिकाअहिले थप चर्चा रहेको हो ।
नगरपालिकाको मिति २०७९ साल फागुन १६ गते सम्पन्न कार्यपालिकाको बैठकको १२ नम्बर निर्णयमा मेचीनगर नगरपालिकामा रहेको रोलर गाडी ‐हेभी एक्यूपमेन्ट) सञ्चालन गर्नका लागि मेचीनगर नगरपालिका— २ स्थायी घर भएका एकजना व्यक्तिलाई २०७९ साल फागुन १२ गतेदेखि लागु हुने गरी दैनिक ज्यालादारीमा कामकाज लगाउने निर्णय भएको थियो । रोलर गाडी ‐हेभी एक्यूपमेन्ट) सञ्चालनका लागि उनलाई नियुक्ति गरे पनि उनले करीब दुईसातामात्र आफूले पाएको जिम्मेवारी बहन गरेको नगरपालिकाका कर्मचारीहरु नै बताउँछन् । त्यसपछिदेखि रोलर विग्रीएपछि थन्किएको रोलर अहिले पनि गाडी बनाउँने ठाउँ ग्यारेज ‐अस्पताल)मै रहेको एक उच्च तहका कर्मचारीको भनाई छ ।
त्यसपछि उनलाई बारुणयन्त्र शाखामा फायरमेनका रुपमा पठाइएको थियो । बारुणयन्त्र शाखामा पनि केही समयअघि उनले काम गरे । फायरमेनमा दक्ष र अनुभवी जनशक्ति आवश्यक पर्ने आवाज उठेपछि अहिले उनलाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीको क्वाटरमा भान्से बनाएको नगरपालिका स्रोतको दाबी छ । … दैनिक ज्यालादारीमा अपरेटरमा नियुक्त गर्ने अनि जिम्मेवारी चााहि भान्सेको दिने’ एकजना अधिकृत तहका कर्मचारीले भने, यो त सोझै अख्तियारको दुरुपयोग हो । ती कामदारमाथि अन्याय भएको भन्दैं उनले यसले कामदारको भविष्य समेत अन्धकार हुने बताए ।’
अचम्म त कहाँ छ भने, कार्यपालिकाको बैठक १६ गते सम्पन्न भएको छ । बैठक हुनु चारदिन अघिदेखि उनलाई जिम्मेवारी दिईएको नगरपालिका स्रोतको भनाई छ । स्रोतबाट प्राप्त उक्त मितिको कार्यपालिकाको बैठकको निर्णय मेरो मेचीनगर डट.कमसँग सुरक्षित छ । स्रोत भन्छ, यो त एउटा प्रतिनिधि घटनमात्र हो , यस्ता थुप्रै घटना नगरपालिकामा छन् । ’ नगर प्रहरीमा नियुक्ती भएको व्यक्तिलाई जिन्सी शाखाको जिम्मेवारी समेत दिइएको स्रोतको दबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.