सन्दर्भ २३ औं स्मृति दिवस: नेपालको वामपन्थी आन्दोलनका चम्किला तारा देवकुमार आचार्य अर्थात् डी कौडिन्य

A notice in Nepali from Mechinagar Ward No. 10
पढ्न लाग्ने समय: ४ मिनेट • कुल शब्द: ६१८

राजु पाठक

पत्रकारिता राजनीति साहित्य र प्राध्यापनलाई सन्तुलनमा राखेर सँगसँगै अघि बढाउन सक्ने नेपालको वामपन्थी आन्दोलनका चम्किला तारा हुन् । देवकुमार आचार्य अर्थात् डी कौडिन्य ।

नेपालको राजनीतिक इतिहासमा युगयुगसम्म अमर रहिरहने महान सहिद हुन् डी कौडिन्य । प्रगतिशील साहित्य क्षेत्रका सिद्धहस्त कलमकर्मीका रूपमा परिचित बहुआयामिक व्यक्तित्वका धनी डी कौडिन्य जनपक्षीय पत्रकार माक्र्सवादी चिन्तक र कुशल प्राध्यापक हुनुहुन्थ्यो ।

डी कौडिन्य आम नागरिकको हृदयमा बलिदान र समर्पणको बिम्बको रुपमा रहनुभएको छ । उहाँ कम्युनिस्ट पार्टीले गरिब निमुखा जनतालाई शोषण अन्याय र दमनबाट मुक्त गर्न सक्नुपर्छ भन्नुहुन्थ्यो । शासकहरूको अन्याय र अत्याचारका विरुद्ध नेपाली नागरिकले गरेका तमाम संघर्ष र आन्दोलनहरूमा झापाले अग्रपंक्तिमा रहेर बलिदानी गर्दै आएको छ । २०२८ सालको झापा विद्रोह होस् वा तत्कालीन नेकपा माओवादीले सुरु गरेको १० वर्षे महान् जनयुद्ध झापाले ती आन्दोलनहरूमा होनाहार योद्धाहरू गुमायो । राज्य सत्ता परिवर्तनका लागि कम्युनिस्ट आन्दोलनमा लामबद्ध भएका योद्धाहरू राज्यसत्ताको कोपभाजनमा परे ।

महान जनयुद्धको समयमा देवकुमार आचार्यलाई पनि झापालीले गुमाउनुपर्यो । आजकै दिन अर्थात् २०५९ साल साउन ७ गते तत्कालीन राज्यसत्ताले गिरफ्तार गरी अन्तर्राष्ट्रिय युद्ध कानूनको समेत सर्वथा उल्लंघन गर्दै उहाँको हत्या गरेको थियो ।

चारआली ब्यारेकमा तत्कालिन शाही नेपाली सेनाले हत्या गरेको आचार्यसहित शंकर घिमिरे र खगेन्द्र दंगाल

देवकुमार आचार्यको जन्म २०१९ साल असोज १० गते भारत सिक्किमको पेलिङमा बुबा चन्द्रबहादुर र आमा विष्णुमाया आचार्यको कोखबाट भएको थियो । उहाँका सात दाजुभाई र तीनजना दिदीबहिनी हुनुहुन्छ । चार वर्षको हुँदा आमाको निधन भएपछि उहाँको बाल्यकाल निकै कष्टपूर्ण रहेको थियो । २०२६ सालमा जनता निमावी हाल उच्च मावि झापाको खुदुनाबारीबाट उहाँको औपचारिक अध्ययन सुरु भएको थियो । २०३६ सालमा उहाँले एसएलसी उत्तीर्ण गर्नुभएको थियो । महेन्द्ररत्न क्याम्पस इलाम हात्तीसार क्याम्पस धरान मेची बहुमुखी क्याम्पस भद्रपुर त्रिभुवन विश्वविद्यालय कीर्तिपुर लगायतका क्याम्पसहरूमा उहाँले अध्ययन गर्नुभयो ।

इलाममा अध्ययन गर्दा राजकाज मुद्दामा उहाँ १८ महिना जेल पर्नुभयो । २०४७ साल फागुन १८ गते झापाको कन्काई माईमा गोलधाप निवासी यमुना खरेलसँग उहाँको जनवादी विवाह भएको थियो । परिवारमा उहाँका दुई छोरी तृष्णा र तृप्ति एक छोरा देवराज हुनुहुन्छ । डी कौडिन्य ले जनादेश र जनदिशा साप्ताहिकमा लामो समय संवाददाताका रुपमा काम गर्नुभयो । दृष्टि छलफल प्रकाश जन आवाज महिमा ज्वाला लगायतका साप्ताहिक पत्रिकामा पनि विभिन्न समयमा उहाँले समाचार र लेख लेखेको पाइन्छ । प्रगतिशील साहित्यकार समेत रहनुभएका उहाँले थुप्रै पुरस्कार पनि पाउनुभएको थियो । कृष्णसेन इच्छुक साहित्य पुरस्कारबाट समेत सम्मानित हुनुभएका उहाँ लेख्ने कुरामा सबैलाई प्रेरित गर्नुहुन्थ्यो ।

बाल्यकालदेखि नै इमान्दार मिजासिलो र शालिन उहाँले जीवन संघर्षको भोगाई र अन्याय अत्याचार विरुद्धको लडाई आफैबाट सुरु गरेको पाइन्छ । मुलुकको समस्याको मूलकारण राजनीति भएको निष्कर्ष सहित उहाँ वर्गीय विभेद अन्त्य गर्दै जनताको सत्ता स्थापना गर्ने उद्देश्यले राजनीतिमा होमिनुभएको थियो । २०३६ सालमा तत्कालीन नेकपा मालेको विद्यार्थी संगठनमा आबद्ध भएर भूमिगत राजनीति गर्दागर्दै २०४२ सालमा उहाँ जेल पर्नुभयो। जेलबाट छुटेपछि माले हुँदै एमालेको राजनीतिमा सक्रिय हुनुभयो ।

२०५२ सालबाट सुरु भएको जनयुद्धको प्रभाव उहाँमा सुरुदेखि नै परेको थियो। २०५४ सालबाट माओवादीको विभिन्न विभागमा बसेर काम गर्दै २०५८ सालदेखि पूर्णकालीन बन्नुभयो । झापाली कम्युनिस्ट आन्दोलनमा उहाँको महत्वपूर्ण योगदान छ। समग्रमा डी कौडिन्य जनपक्षीय पत्रकार स्रष्टा स्तम्भकार विचारक कुशल संगठक र सर्वहारा वर्गको कुशल बौद्धिक नेतृत्वकर्ता हुनुहुन्थ्यो ।

माओवादी विचारक भएकै आधारमा झापाको बुधबारेबाट उहाँलाई गिरफ्तार गरी तत्कालीन शाही नेपाली सेनाको चाराली ब्यारेक मा लगेर राज्य सत्ताले २०५९ साउन ७ गते उहाँको निर्ममतापूर्वक हत्या गर्यो। यद्यपि आज पनि डी कौडिन्य को वैचारिक क्रान्तिकारिता हामीमाझ जीवन्त छ । उहाँले आफ्नो जीवन नेपाली नागरिक र यही समाजका खातिर उत्सर्ग गर्नुभयो । नेपाल र नेपालीको उन्नत भविष्य उहाँको अभीष्ट थियो। देश र देशवासीप्रति उहाँको त्याग तपस्या र समर्पणलाई चिर स्मरणीय बनाउने हेतुले तत्कालीन क्रान्तिकारी पत्रकार संघ झापाले २०६६ सालमा डी कौडिन्य पत्रकारिता पुरस्कार स्थापना गरी सोही वर्षबाट वितरण गर्न थालेको थियो ।

२०७३ सालदेखि भने क्रान्तिकारी पत्रकार संघकै विरासतलाई कायम राख्दै प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति झापाले यो पुरस्कार प्रदान गर्दै आएको छ । ५ हजार रुपैयाँबाट थालनी गरिएको यो पुरस्कार ११ हजार २१ हजार कायम गर्दै गत वर्षबाट पुरस्कारको राशि ४२ हजार रुपैयाँ पुर्याइएको छ ।

[नेपाल पत्रकार महासंघ झापा शाखाका सचिव एवम् प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य राजु पाठकको मुहार पुस्तिकाबाट हामीले लिएका हौ ]

 

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.