ईष्टपोईन्टका क्याडेटलाई राष्ट्र सेवा दलको तालिमको प्रमाणपत्र वितरण

A notice in Nepali from Mechinagar Ward No. 10

भद्रपुर। झापा भद्रपुरको ईष्टपोईन्टका क्याडेटलाई राष्ट्र सेवा दलको तालिमको प्रमाणपत्र वितरण गरिएको छ।
विद्यालयले एक कार्यक्रमका बीच श्री राष्ट्रिय सेवा दल, पूर्वी तालिम शिक्षालयमा २१ दिने बार्षिक सामुहिक क्याम्पमा गएका विद्यार्थीलाई सो प्रमाणपत्र वितरण गरेको हो।

राष्ट्रिय सेवा दलमा आबद्ध रहेका छात्र १८ जना र छात्रा १८ गरी जम्मा ३६ जना क्याडेटहरुले संस्थागत तालिम ७९ दिन र सामुहिक क्याम गरी जम्मा १०० दिनको तालिम लिएका थिए।
मोरङको याङशिलामा सम्पन्न भएको तालिममा ‘क’गुल्म को नं तीन सेमुमा रहेको ईष्ट पोईन्ट ईङ्लिस स्कूलको सेमु कमाण्डर नुमा फुङ्ग लिम्बु थिईन्।तालिमबाट ३ जना हवल्दार,३ जना अमलदार, ६ जना प्यूठ र बाकीँ सैन्य दर्जामा पर्न सफल भएका छन्।
प्रमाणपत्र वितरण कार्यक्रममा विद्यालयका प्रधान अध्यापक विनय टोप्पोले शुभकामना दिएका थिए। त्यस्तै २१ दिन तालिममा समन्वय शिक्षकको रुपमा सोहि बिद्यालयका शिक्षक बिकास तिम्सिना खटिएका थिए।

विद्यार्थीले क्याम्पमा रहँदा भएका सबै जसो कार्यक्रममा भाग लिदैँ छात्र फुटबलमा द्धितीय स्थानको शिल्ड समेत हात पार्न सफल भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.