जन्मदिन पारेर अक्षयकोषमा रकम हस्तान्तरण

A notice in Nepali from Mechinagar Ward No. 10

२३ असार, मेचीनगर : मुद्रण उद्योग संघ झापाका अध्यक्ष रोहितकुमार भट्टराईले आफ्नो जन्मदिनको अवसर पारेर संघले स्थापना गरेको सदस्य राहत अक्षयकोषमा रकम हस्तान्तरण गरेका छन् ।
बिर्तामोडमा सोमबार एक कार्यक्रमका बीच उनले नगद २५ हजार १०५ रुपैयाँ संघको अक्षयकोष बृद्धिका लागि हस्तान्तरण गरेका हुन् ।

सामाजिक संघसंस्थामा अक्षयकोष अपरिहार्य रहेको बताउँदै उनले मुद्रण उद्योगमा आबद्ध सदस्यहरुको हितका निम्ति स्थापित कोषमा रकम प्रदान गरेको बताए । ‘जन्मदिनमा फजुल खर्च गर्नुभन्दा आज चिया मात्र पिएर कोषमा रकम थप गर्न पाउँदा खुशी छु’, उनले भने , ‘कोष बृद्धिमा सबै सदस्य तथा व्यवसायीलाई जुट्नका लागि आह्वान समेत गर्दछु ।’

संघका सदस्यको दुःखमा फलफूल र समवेदना पत्र मात्रै बोकेर पुग्दा मन खिन्न हुने गरेको तीतो अनुभव सुनाउँदै उनले भने , ‘यस्ता विभिन्न अवस्थामा थोरै भए पनि आर्थिक सहयोग गर्न पाए हुन्थ्यो भन्ने लाग्छ । तर यो काम एक्लैबाट सम्भव हुँदैन, त्यसैले सबै मिलेर अक्षयकोषलाई बढाउन सके दीर्घकालसम्म त्यसबाट सहयोग सम्भव हुन सक्छ भन्ने लाग्छ ।’

उनको आह्वानपछि तत्काल संघका सदस्य भीष्मराज राजवंशीले नगद ५ हजार ५ रुपैयाँ कोषमा थप गरे । त्यस्तै विनोद दाहालले १५ हजार रुपैयाँ, अर्जुन थापाले ११ हजार १०० रुपैयाँ र पुण्यप्रसाद खतिवडाले ५ हजार १०० रुपैयाँ अक्षयकोषमा थप गर्ने घोषणा गरेका छन् ।
कार्यक्रममा संघका सहसचिव तथा अक्षयकोष कार्यविधि निर्माण समितिका संयोजक टंक निरौलाले अक्षयकोषले गर्ने कामका बारेमा प्रस्ट पारे । अक्षयकोषमार्फत शोकमा रहेका सदस्यलाई समवेदनासँगै सहयोग गर्ने, दैवी प्रकोप तथा दुर्घटना परेमा सहयोग गर्ने, सदस्यको क्षमता विकासका लागि तालिम सञ्चालन गर्ने, ज्येष्ठ मुद्रण उद्योगी तथा मजदुरलाई सम्मान गर्ने लगायत कार्य गर्ने उद्देश्य राखिएको उनले बताए ।

नेपाल मुद्रण उद्योग संघका केन्द्रीय सदस्य गोविन्द्र निरौलाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष रोहितकुमार भट्टराईले गरेका थिए ।संघका उपाध्यक्ष याम थुलुङले स्वागत गरेको कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका सदस्य केदार खनाललगायत उपस्थित सदस्यहरुले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन संघका सचिव भानु खनालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.