१३ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

चुनावी परिणामप्रति ओलीको टिप्पणी- सरकार बनाउनै गाह्रो, बनाए पनि टिकाउन गाह्रो

सेयर:

८ मंसिर, दमक : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणामपति टिप्पणी गर्दै मिलिजुली सरकार बनाउनेतिर देश गएको भन्दै यसले सरकार बनाउन र टिकाउन गाह्रो हुने बताएका छन् ।

निर्वाचन जितेको प्रमाणपत्र बुझेपछि जनताको स्वागत ग्रहण गर्दै अध्यक्ष ओलीले निर्वाचन उत्सव भएकाले यसलाई रमाइलोको रुपमा लिन नहुने बताए । उनले ५ वर्ष देश उकालो लागेमात्र देशले गति दिने भए पनि चुनावको परिणामले स्थायित्व नदिने बताए । अब टाउका गनेर भाग हिस्सा दिनुपर्ने अवस्था आउने उनको भनाइ थियो ।

ओलीले भने- अब सरकार बनाउन गाह्रो ,बनाएपछि टिकाउन झन् गाह्रो हुने भयो । मिलिजुली सरकार बनाउनेतिर देश गयो । हरेक साँसदको भाउ बढ्यो । राजनीति एक दुई महिना सरकार गठनको खेलमा लाग्ने भयो ।

ओलीले चुनावी परिणामले कुनै पनि दलको वहुमत नदिएकाले भवितव्यले संसदमा पुगेकाहरुको टाउको गनेर मोलतोल हुने बताए ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।