गाउँघरमै बसेर मनग्ये कमाई

A notice in Nepali from Mechinagar Ward No. 10

लक्ष्मी उप्रेती
२९ फागुन, मेचीनगर :  देशमा रोजगारको अवसर नपाएको भनदैं दैनिकजसो हजारौं युवा विदेशिरहेका छन् । यो मुलुकमा दिन प्रतिदिन बेरोजगारी समस्या बृद्धि भईरहेको छ । देशमा बेरोजगारी समस्या बढ्दै जादा यो देशका हजारौं युवाहरु विदेशतर्फ पलायन भईहेका छन् । नेपाली युवायुवतीहरु रोजगारी, अध्ययन तथा अन्य अवसरको खोजीमा विदेशी भूमिमा पलायन हुने क्रम झनै बढ्दो छ । तर सरकारले युवा पलायन रोक्ने खालका कुनै नीति लिन नसकेको भन्दै आलोचना पनि उत्तिकै बढ्दो छ ।
अहिले पनि नेपालमा हजारौं शिक्षित युवायुवतीहरु बेरोजगार छन् । तिनै युवायुवतीहरु देशमा भविष्य नदेखेर विदेश पलायन हुन बाध्य छन् । नेपालका हरेक विमानस्थलमा पुग्ने हो भने यसको पुष्टि हुन्छ । रोजगार खोज्दैं विदेशिनु उनीहरुको रहर होइन, बाध्यता हो । अधिकांश युवायुवती विहान बेलुकाको हातमुख जोड्नका लागि विदेश पलायन छन् भने केही शहर पसेका घटनामा हाम्रो समाजमा धेरै छन् । युवा जनशक्ति विदेशिने क्रम दिनानु दिन बढि रहदा झापा मेचीनगर र आसपासका क्षेत्रका युवाहरु गाउँमै केही न केही काम गरेर स्वरोजगार बनेका छन् ।
कोहि इलेक्ट्रिसियन, कोही प्लम्बर त कोही काठको काम गरेर मनग्ये आम्दानी गरीरहेका छन् । विदेशिने युवा जनशक्तिलाई गाउँघरमै रोजगारीका अवसर दिलाउने हो भने नेपालको दक्ष जनशक्ति स्वःदेशमै प्रयोग हुने उनीहरुको भनाई छ ।
मेचीनगर नगरपालिका–६ काँकरभिट्टाका सुजन श्रेष्ठले इलेक्ट्रिसियन र प्लम्बरको कामबाट गाउँमै स्वरोजगार र आत्मनिर्भर बनेका छन् । सुजनजस्ता थुप्रै मेचीनगरका युवा रोजगारीको खोजीमा विदेश भौतारिने उनीहरु जस्तै थुप्रै युवाहरुका लागि प्रेरणाको स्रोत बनेका हुन् । काँकरभिट्टाकै राजीव गाउँमै व्यस्त छन् । उनी निक्कै राम्रा र आर्कषक फर्निचरका सामानहरु बनाउँछन् । डाइनिङ टेवल कुर्सी, बक्स पलङ, आल्नासहित अन्य थुप्रै सामान उनी तयार गर्छन् । उनलाई यो कामबाट फुर्सद नै हुदैैन् । उनी घर वनाउने काममा समेत दक्ष र अनुभवी छन् । मिस्त्री काम गरेरै उनी दैनिक हजारौ रुपैयाँ कमाउँछन् । यहाँका युवाहरुले आफ्नै ठाउँमा बसेर मासिक २० देखि २५ हजार रूपैयाँ सम्म कमाउँने सुनाए ।
राजीव गाउँमै घरका झयाल ढोका वनाउनेदेखि सरकारी तथा गैरसरकारी कार्यालयबाट हुने भौतिक संरचना निर्माणका काममा निकै व्यस्त हुन्छन् । धनबहादुर श्रेष्ठको हातमा निक्कै सीप छ । गाउँ घरमा नयाँ नयाँ घर निर्माण हुने वित्तिकै विद्युत र खानेपानी जडानका लागि धेरैले धनबहादुरलाई खोज्ने गर्छन् । मनोजको आम्दानीको मुख्यः स्रोत उनको हातमा रहेको सीप हो ।
‘मेहनत गर्न सके गाउँमै रोजगारी सृजना गर्न सकिन्छ’ मनोजले भने, ‘रोजगारी खोज्दै विदेशीनु भन्दा आफ्नो हातमा भएको सीप प्रयोग गर्ने हो भने आफ्नै माटोमा मेहनत गरे सुखसँग बस्न सकिन्छ ।’ मनोज एसी, वासिङमेसिन, जडानदेखि खानेपानी र विजुलीको काममा समेत दक्ष र अनुभवी छन् ।
बेला बखत आउने चाडपर्वदेखि बाकी अन्य समयका लागि पनि यहि कमाईबाट प्राप्त रकमले मनोजको घर चलेको छ । रोजगारका लागि विदेशिनु पर्ने अवस्था नरहेको,काम गर्न सके आफ्नै ठाउँमा रोजगारीका अवसर प्रश्स्त रहेको उनीसँगै काम गर्ने श्रवण कार्कीको भनाई छ ।
‘विदेशमा बसेर होइन पसिना चुहाउन सके स्वदेशमै रोजगार छ ।’ नेपालमा रोजगार छैन भन्दै विदेशिने युवाका लागि उनीहरूको सामुहिक भनाई छ । मेचीनगरका मात्र होइन झापामा अधिकाँश पालिकाका बेरोजगार युवा केही न केही सीप सिकेर स्वरोजगार बनेका छन् ।
वेरोजगार युवा अहिले बाख्रापालनदेखि सिलाइ कटिङदेखि दुना टपरी बनाउने, च्याउखेती, अचार उत्पादन, ढाका बुनाइ, व्युटीपार्लर सञ्चालन, व्याग तथा झोला बनाउने कामलगायतका अन्य काममा व्यस्त छन् ।
गतिलो रोजगारी भेटिएन भन्दै विदेशिने युवाका लागि गतिलो प्रेरणाका स्रोत बनेकिछन् झापा मेचीनगर—७ की चन्दा रिजाल । ३५ वर्षीया रिजालले गाउँमै बसेर च्याउखेतीमार्फत वार्षिकरुपमा तीनदेखि चारलाख रुपैयाँ आम्दानी गरीरहेकी छन् । यसबाट उनको जीवनयापन सहज बन्दै गएकोमा यो खेतीबाट उनी निक्कै खुशी छन् । च्याउ खेतीबाट राम्रो आम्दानी हुन थालेपछि च्याउ खेती रोजेको र च्याउ खेती रोजेपछि आम्दानी गतिलो स्रोत बनेको रिजालको भोगाई छ ।

गाउँमै च्याउ खेती सुरु गरेकी उनी मात्रै व्यवसायी बनेकी छैनन्, यहाँका युवाहरूलाई रोजगार दिन सफल बनेकि छन् । प्याकेजिङ्गको समयमा उनको उद्योगबाट ७\८ जनाले रोजगार समेत प्राप्त गरेका छन् । अन्य समय आफूले घरपरिवारबाटै साथ सहयोग प्राप्त गर्ने गरेको रिजालले बताइन् ।
उनी च्याउ खेती हेरचाहमा हरेक दिन व्यस्त छिन् । उद्योगमा उत्पादन भएको च्याउ हरेक दिन बिक्रीका लागि टिप्ने, बजारसम्म पु¥याउने, फर्मको हेरचाहमै उनको दिन बित्ने उनले सुनाईन् । स्थानीय सरकारले समय समयमा प्रदान गरेको तालिमलगायत अन्य कारणले धेरै राहत मिलेको उनको प्रतिक्रिया छ ।
बेलाबखत लिएको तालिमबाट प्राप्त सीपलाई व्यवहारमा उतारेपछि मेचीनगर—८ की लक्ष्मी धिमालमा आत्मनिर्भरता मात्र बढाएको छैन,उत्तिकै आत्मसम्मान र स्थानीय स्तरमा रोजगार मिलेको छ । उनले ‘लिजा एण्ड एमी व्याग झोला लघुउद्यम ’ नै सञ्चालन गरेकी छन् ।
सीपमुलक तालिमपछि आफ्नै उनलाई स्वदेशमै रोजगार मात्र मिलेको छैन्, आफ्नै खुट्टामा उभिन सफल भएको उनी बताउँछिन् । एउटा आत्मनिर्भर व्यवसायका लागि सीप सिक्न सिलाई कटाई तालिममा गरेको मेहनतले लक्ष्मीलाई उत्कृष्ट प्रशिक्षक र सक्षम व्यवसायी बनाएको छ ।
महिलाहरुलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन सीप तथा तालिम प्रदान गर्नुका साथै यस्ता सीप तथा तालिमले उनीहरुलाई स्वरोजगार बन्ने बाटो समेत खुल्ने गरेको छ । सिलाई कटाईलगायत अन्य तालिमले घरको चुलो चौकोमा सीमित रहेका महिलाहरुलाई व्यवसाय नै सञ्चालन गरी आर्थिक रुपमा सबल र सक्षम बनाउन महत्वपूर्ण टेवा पुग्ने गरेको छ । मेचीनगरमा सिलाई कटाई तालिमबाट विशेष गरी महिलाहरु बढी लाभान्वित भएको मेचीनगर—६ काँकरभिट्टाकी प्रंसा टेलर्सका सञ्चालक भवानी खड्काको भनाई छ । धेरै जना व्यक्तिगत फर्म दर्ता गर्दै उत्पादनमुखी काममा लागेका छन् ।

अब रोजगारीका लागि युवालाई विदेश जान नपर्ने वातावरण सिर्जना गर्न आवश्यक रहेको उनको भनाई छ। युवा शक्ति पनि विकास निर्माणका काममा उत्साहित छन् र आफ्नै गाउँठाउँमा परिचालन गर्नुपर्छ र स्वरोजगार बनाउनका लागि नेपालका तीनै तहका सरकार लाग्नुपर्ने समाजशास्त्री बैकुण्ठ कार्कीको भनाई छ । झापाबाट रोजगारका लागि विदेशिने युवाशक्ति उत्तिकै छन् । मेहतन गरे गाउँमै बसेर पनि मनग्य आम्दानी गर्न सकिने कार्कीको भनाई छ । अर्काको देशमा गएर जीवन जोखिममा राखेर कठिन भन्दा कठिन काम गर्नु भन्दा आफ्नो माटोमा पौरख पोख्नुमा सवैले गर्व गर्नुपर्ने गोविन्द निरौला बताउँछन् । युवाहरुले व्यवसाय गर्न चाहाने तथा पैसाको अभावमा व्यवसाय गर्न नसकेका कारण विदेशिने क्रम बढेको उनको भोगाई छ ।
केहि महिना अघि खाडीमुलुक कतार गएर फर्केका निरौला सामान्य कृषि कर्म गरेर बसेका छन् । कृषि कर्मबाट अहिले उनी खाडीमुलुकको भन्दा भन्दा दुई गुणा बढी आम्दानी गर्न सफल भएको बाउँछन् । युवालाई गाउँमै रोजगारको वातावरण सृजना गर्नुपर्ने, ‘वैदेशिक रोजगारीलाई निरुत्साहित पार्ने खालको काम अघि बढाउनुपर्ने उनको माग छ । स्थानीय स्तरमा रहेका सम्भावनाहरुको पहिचान गरी उक्त सम्भावनालाई व्यवसायिकता तर्फ जोड्दै युवाहरुलाई रोजगारीका अवसर दिलाउनु पर्नेमा निरौलाको जोड छ ।
वैदेशिक रोजगारीको नाममा आज पनि लाखौं मानिसहरु दलालबाट ठगिएको रोजगारीको नाममा धेरै युवाहरु विदेशी भूमिमा कष्टकर ढंगले पसिना बगाउनुपरेको उनको भोगाई छ । वैदेशिक रोजगारको क्षेत्रमा धेरै समस्याहरु रहेकाले सुधारको खाँचो रहेको र यो सुधार भाषण मात्रैले पर्याप्त हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.