इजलास दैनिकको दशैँं वार्षिकोत्सव : ‘सत्ता र शक्तिलाई बलियो प्रश्न गर्ने, उनीहरूलाई जनताप्रति उत्तरदायी बनाउने प्रेसको मुख्य भूमिका हो ’ केन्द्रीय अध्यक्ष शर्मा

लक्ष्मी उप्रेती
२५ जेठ, मेचीनगर : झापाको विर्तामोडबाट नियमित प्रकाशन हुँदैं आएको इजलास दैनिकले आज आफ्‌नो स्थापनाको १० औँ वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाएको छ । सोहि अवसरमा ॅसम्भावनाका सात शहर’ इजलास टाइम्स म्यागेजिन विमोचन र विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ ।

टाइम्स मिडिया प्रालिद्वारा सञ्चालित इजलास दैनिकले झापाको विर्तामोडमा आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्मा, विशिष्ट अतिथि जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख (प्रमुख जिल्ला अधिकारी) शिवराम गेलाल, नेपाल पत्रकार महासंघ कोशी प्रदेश समिति उपाध्यक्ष अम्बिका भण्डारी, सदस्य राजकुमार ओली नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्का, सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हे.क्वा. झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक अम्बिका जोशी, नेपाली सेना अरिदमन गण चारआलीका गणपति सरोज थापा, टाइम्स मिडिया प्रालिका अध्यक्ष त्रिलोचन सापकोटा र इजलास दैनिकका सम्पादक प्रदिय परियारले संयुक्तरुपमा टाइम्स म्यागेजिनको विमोचन गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि शर्माले सत्ता र शक्तिलाई बलियो प्रश्न गर्ने र उनीहरूलाई जनताप्रति उत्तरदायी बनाउने प्रेसको मुख्य भूमिका रहेको बताइन् । उनले सूचना र विचार मार्फत समाजलाई सुसूचित गर्ने र यसरी सुसूचित समाजले लिने निर्णय मार्फत लोकतान्त्रिक प्रणाली सबल र जवाफदेही हुने विश्वास गरिन् । पछिल्लो समय वर्तमान सरकारको प्रेसलाई हेर्ने दृष्टकोण मिडिया मैत्री नभएका कारण नेपाल पत्रकार महासंघ अहिले रचनात्मक आन्दोलनमा रहेको स्पष्ट पारीन् । जुन देशमा मिडियामाथि बन्देज गरीन्छ , विभिन्न वहानामा प्रेसमाथि हस्तक्षेप हुन्छ त्यो देशका हरेक गतिविधिहरु अपारदर्शी हुने वा व्यवस्थानै खतरामा पर्ने उनको भनाई थियो ।

कुनै पनि मिडिया सरकारी र नीजि नहुने भन्दैं उनले यो सरकारले निजी सञ्चारमाध्यमको व्याख्या गरेर विज्ञापन नदिने जुन नीति ल्याएको छ ,नेपाल पत्रकार महासंघ त्यो नीति मान्न तयार नरहेको बताइन् । देशभरका सञ्चारमाध्यम र त्यसमा कार्यरत सञ्चारकर्मीहरुका हक, हित अधिकार ग्यारेन्टीका लागि नेपाल पत्रकार महासंघ यस अघिका सरकारसँग समेत लड्र्दैं आएको र वर्तमान सरकारले मिडिया विरोधी गतिविधि गरे खुलेरै विरोध गर्ने चेतावनी दिईन् । सरकारका राम्रा कामको तारीफ र नराम्रा कामको विरोध गर्न नेपाली मिडिया सधै सक्रिय रहेको बताइन् । यो देशमा परिवर्तनका लागि समय समयमा भएका आन्दोलनहरुमा नेपाली प्रेसले खेलेको भूमिका कसैले पनि विर्सन नहुने भन्दैं केन्द्रीय अध्यक्ष शर्माले स्मरण गराईन् ।

उनले संसद बाहिरबाट संविधान संशोधनका लागि सुझाव माग्ने विषय स्वीकार्य नभएको बताईन् । ‘संसद्भित्र होइन संसद्बाट बाहिरबाट संविधान संशोधनका लागि जसरी सरकारले एउटा कमिटि,कार्यदल बनाएको छ यो कार्यदललाई अस्वीकार गदैं संसद्भित्रबाट सवै राजनीतिक दलको सहमतिमा मात्र उच्च स्तरीय संविधान संशोधन सुझाव आयोग बन्नुपर्छ , त्यसमा मात्र नेपाल पत्रकार महासंघले सुझाव दिन्छौ ।’ उनले भनिन् । मुलुकमा लामो समयसम्म अस्थिरता रहेको चर्चा गदैं जनताले निर्वाचित गरेका जनताका प्रतिनिधिहरुले लामो अभ्यास पश्चात बनेको संविधान जसन संविधानमा हरेक नेपाली जनताका अधिकारलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संविधानले ग्यारेन्टी गरेका अधिकार कटौती हुन्छ की भन्ने अशंकामा नेपाल पत्रकार महासंघ रहेको अध्यक्ष शर्माले स्पष्ट पारीन् । यसकारण अहिलेको अवस्थामा यो कार्यदललाई नभएर संसद्भित्र नै सवै राजनीतिक दलको सहमतिमा उच्च स्तरीय संविधान सुझाव कार्यदल बन्नुपर्ने महासंघको धारणा रहेको बताईन् । नागरिकका मानवअधिकारका सवै हक, अधिकार सुनिश्चित हुनपर्ने उनले बताइन् । संविधान सशोधन जस्ता कार्यलाई यति सामान्य रुपमा लिन नहुने उनले बताईन् ।

मेची आँखा अस्पताल विर्तामोडका अध्यक्ष जलकुमार गुरुङले लोकतन्त्रको पक्षमा लाग्न सवैलाई आग्रह गरे । विशिष्ट अतिथि जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख (प्रमुख जिल्ला अधिकारी) शिवराम गेलाललगायतले बोलेका थिए ।

टाइम्स मिडिया प्रालिका अध्यक्ष त्रिलोचन सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा टाइम्स म्यागेजिनका अतिथि सम्पादक एवम् नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुव्रत न्यौपानेले टाइम्स म्यागेजिनका विषयमा चर्चा गरेका थिए । इजलास दैनिकका सम्पादक प्रदिप परियारले सहभागी सवैलाई शब्दमार्फत स्वागत गरेका थिए । पत्रकार रमेश तिवारीले सञ्चालन गरेको कार्यक्रममा विभिन्न विधाका संयौं व्यक्तिलाई सम्मान गरिएको थियो ।

प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष शर्मा, विशिष्ट अतिथि जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख (प्रमुख जिल्ला अधिकारी) गेलाल, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्का, सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हे.क्वा. झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक अम्बिका जोशी, नेपाली सेना अरिदमन गण चारआलीका गणपति सरोज थापा, टाइम्स मिडिया प्रालिका अध्यक्ष त्रिलोचन सापकोटा र इजलास दैनिकका सम्पादक प्रदिप परियारले सम्मानित व्यक्तित्वहरुलाई सयपत्री फुलको माला पहिर्याएर सम्मान पत्र प्रदान गरेका थिए ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.