१३ मंसिर २०८३ ☀️ २४°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

होलिवेल विद्यालयको २४औं वार्षिक उत्सव भव्य रूपमा सम्पन्न

सेयर:

धुलाबारी : होलिवेल अंग्रेजी माध्यमिक विद्यालयले आफ्नो २४औं वार्षिक उत्सव बुधबार भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालयको शैक्षिक उत्कृष्टता र विद्यार्थीको प्रतिभा प्रस्तुत गर्ने यो विशेष कार्यक्रम धुलाबारीस्थित टाउनहलमा आयोजना गरिएको थियो।

उत्सवका अवसरमा विद्यालयबाट एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान एवं पुरस्कृत गरिएको थियो। साथै, साना र ठूला कक्षाका विद्यार्थीहरूले एकल तथा सामूहिक नृत्य, गायन, झाँकी तथा विभिन्न क्षमताका प्रस्तुति दिएर कार्यक्रमलाई थप मनोरञ्जनपूर्ण बनाए।

कार्यक्रमका प्रमुख अतिथि मेचीनगर-९ का वडाध्यक्ष कञ्चन तामाङ रहेका थिए भने विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोपाल बस्नेतको अध्यक्षतामा समारोह सम्पन्न भयो। विशेष अतिथिहरूका रूपमा कविशिरोमणि माविका प्रधानाध्यापक दामोदर ढुंगेल, मेची उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष ऋषि तिम्सिना, बलभद्र आधारभूत विद्यालयका सहायक प्रधानाध्यापक देबु बानियाँ, विद्यालयकी संस्थापक अमृता प्रधान, प्रिन्सिपल अरिस्ता प्रधान, निर्देशक अभिषेक प्रधान लगायतले मन्तव्य व्यक्त गरे।

विद्यालयको इतिहास, शैक्षिक उपलब्धि तथा गतिविधिबारे कक्षा ८ की विद्यार्थी अनन्य मल्लले प्रभावशाली प्रस्तुति दिएकी थिइन्। त्यस्तै, विद्यालयका प्रिन्सिपल अरिस्ता प्रधानले शैक्षिक, भौतिक र आन्तरिक गतिविधिबारे जानकारी गराएकी थिइन्।

कार्यक्रमको विशेष क्षणमा विद्यालयका संस्थापक स्वर्गीय अरुण प्रधानको सम्झनामा दीप प्रज्वलन गरिएको थियो।

समारोहको स्वागत मन्तव्य अध्यक्ष गोपाल बस्नेतले राखेका थिए भने कार्यक्रमको आकर्षक सञ्चालन चन्द्रमाया सिटौलाले गरेकी थिइन्।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।