१३ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

हुम्लामा आठ करोडभन्दा बढीको स्याउ बिक्री, पहिलो पटक फुजी जातको स्याउ पनि निकासी

जिल्लाका सातवटै गाउँपालिकाबाट यस वर्ष पाँच हजार पाँच मेट्रिक टन उत्पादन भएकोमा एक हजार ३७७ मेट्रिक टनभन्दा बढी स्याउ जिल्लाबाहिर निकासी भएको छ।

सेयर:

जिल्लाका सातवटै गाउँपालिकाबाट यस वर्ष पाँच हजार पाँच मेट्रिक टन उत्पादन भएकोमा एक हजार ३७७ मेट्रिक टनभन्दा बढी स्याउ जिल्लाबाहिर निकासी भएको छ।

📌 मुख्य बुँदाहरू:

  • हुम्लाबाट यस वर्ष आठ करोड २६ लाख ५६ हजार रुपैयाँ बराबरको स्याउ बिक्री भएको छ।
  • कृषि विकास कार्यालयका अनुसार ६९० हेक्टर जमिनबाट पाँच हजार पाँच मेट्रिक टन स्याउ उत्पादन भएको छ।
  • गुणस्तर नियन्त्रणका लागि जिल्लाबाहिर निकासी गर्दा कृषि प्राविधिकको सिफारिस अनिवार्य गरिएको थियो।
  • यस वर्ष पहिलो पटक हुम्लाबाट आठ मेट्रिक टन फुजी जातको स्याउसमेत बिक्री गरिएको छ।

हिमाली जिल्ला हुम्लाबाट यस वर्ष आठ करोड रुपैयाँभन्दा बढीको स्याउ बिक्री भएको छ। जिल्लाका सातवटै गाउँपालिकाबाट उत्पादित स्याउ बिक्री हुँदा किसानले कुल आठ करोड २६ लाख ५६ हजार रुपैयाँ आम्दानी गर्न सफल भएका छन्।

कृषि विकास कार्यालयका प्रमुख चुडामणि पन्तका अनुसार जिल्लामा स्याउ खेती गरी उत्पादन दिन थालेको ६९० हेक्टर जमिनबाट पाँच हजार पाँच मेट्रिक टन स्याउ उत्पादन भएको छ। जसमध्ये एक हजार ३७७ दशमलव छ मेट्रिक टन स्याउ जिल्लाबाहिर बिक्रीका लागि पठाइएको हो। सडक सञ्जाल जोडिएपछि गत वर्ष चार करोड रुपैयाँ बराबरको स्याउ जिल्लाबाहिर निकासी भएको थियो।

निकासी व्यवस्थित गर्न सिफारिस अनिवार्य

गत साउनमा जिल्लाबाट गरिएको निर्णयअनुसार स्याउ जिल्लाबाहिर निकासी गर्दा सम्बन्धित गाउँपालिकाका कृषि प्राविधिकको सिफारिस अनिवार्य गरिएको थियो। काँचो स्याउ जिल्लाबाहिर जान नदिन र गुणस्तर कायम गर्न यो नियम लागू गरिएको कृषि विकास कार्यालयले जनाएको छ।

सोही सिफारिसका आधारमा नाम्खा गाउँपालिकाबाट ५० मेट्रिक टन, सिमकोटबाट ४००, खार्पुनाथबाट २००, सर्केगार्डबाट ५००, चङ्खेलीबाट १४०, अदानचुलीबाट २० र ताँजाकोटबाट ६७ दशमलव छ मेट्रिक टन स्याउ जिल्लाबाहिर निकासी भएको छ। सुरुमा र पछिल्लो समय सिफारिसबिना पनि स्याउ जिल्लाबाहिर गएको सूचना आएकाले वास्तविक बिक्री परिमाण अझै बढी हुन सक्ने अनुमान गरिएको छ। यस विवरणमा व्यक्तिगत रूपमा खरिद गरेर पठाइएको तथा हुम्लामै उपभोग भएको स्याउको परिमाण र आम्दानी जोडिएको छैन।

किसानमा उत्साह र नयाँ जातको विस्तार

स्याउ बिक्रीबाट राम्रो आम्दानी हुन थालेपछि किसानहरू खेतीप्रति थप उत्साहित भएका छन्। स्थानीय किसान मानविर रोकायाले स्याउको आम्दानीले किसानलाई प्रोत्साहन मिलेको बताएका छन्।

यस वर्ष हुम्लामा ए ग्रेडको स्याउ प्रतिकेजी ६० रुपैयाँ, बी ग्रेडको ५० रुपैयाँ र सी ग्रेडको ४० रुपैयाँ मूल्य निर्धारण गरिएको थियो। यसवर्ष पहिलो पटक जिल्लाबाट आठ मेट्रिक टन फुजी जातको स्याउसमेत बिक्री भएको छ, जसले आगामी दिनमा हुम्लाको स्याउ खेतीमा नयाँ सम्भावना थपेको छ।

📄 प्रेस विज्ञप्ति / सूचना

Author
📄 Author
हुम्लामा आठ करोडभन्दा बढीको स्याउ बिक्री
📄 हुम्लामा आठ करोडभन्दा बढीको स्याउ बिक्री
हुम्लामा आठ करोडभन्दा बढीको स्याउ बिक्री
📄 हुम्लामा आठ करोडभन्दा बढीको स्याउ बिक्री
हुम्लामा आठ करोडभन्दा बढीको स्याउ बिक्री
📄 हुम्लामा आठ करोडभन्दा बढीको स्याउ बिक्री
Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।