१४ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड

चेल्सीलाई हराउँदै लेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा

सेयर:

एजेन्सी । लेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ।मंगलबार राति भएको खेलमा चेल्सीलाई २-० गोलले पराजित गरेर लेस्टर शीर्ष स्थानमा पुगेको हो।

लेस्टरको जितमा एनडिडीले खेलको छैटौं मिनेटमा पहिलो गोल गरे। उनले बर्नसको पासमा गोल गरेका थिए।

४१ मिनेटमा माडिसनले लेस्टरको अग्रता दोब्बर पारे। अलब्राइटनको पासमा माडिसनले गोल गरेसँगै लेस्टर पहिलो हाफमा २-० ले अघि बढेको थियो। दोस्रो हाफमा कुनै गोल भएन।

चेल्सी प्रिमियर लिगको पछिल्ला ८ खेल मध्ये ५ खेलमा पराजित भइसकेको छ।

अंक तालिकाको शीर्ष स्थानमा पुगेको लेस्टरले १९ खेलबाट ३८ अंक जोडेको छ। एक खेल कम खेलेर दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको ३७ अंक छ।

चेल्सी अंक तालिकाको आठौं स्थानमा झरेको छ। उसले १९ खेलबाट २९ अंक छ।

Contact for the Advertisement (बिज्ञापनको लागि सम्पर्क) - 9852662265

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।