१३ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

म्यानमारमा सैनिक शासनविरुद्ध जनसागर, गोली लागेर सातको मृत्यु

सेयर:

नपिद्व: म्यानमारमा जारी प्रदर्शन दबाउन सेनाले गोली चलाउँदा सात प्रदर्शनकारीको मृत्यु भएको छ । अरु दर्जनौँ घाइते छन् । आइतबारको प्रदर्शन सेनाले दबाउन खोज्दा उक्त आन्दोलन यस साताकै तनाबग्रस्त बन्यो ।

सेनाले कू गरेपछि नै म्यानमारमा लगातार जनप्रदर्शन हुँदैआएको छ । पछिल्लो समय जनप्रदर्शन व्यापक बन्दै गएपछि सेनाले प्रदर्शन दबाउन थालेको छ । यसअघि पनि गत साता सेनाको गोली लागेर २ जना प्रदर्शनकारी मारिएका थिए ।

नेतृ आङ सान सू चीलाई रिहा गर्न र सत्ता फिर्ता गर्न माग गर्दै सेनाविरुद्ध हरेक दिन प्रदर्शन हुँदैआएको छ । म्यानमारको ठूला सहर रंगुन सहित विभिन्न सहरमा हरेक दिन विशाल जनप्रदर्शन भएका छन् । जनताको शान्तिपूर्ण प्रदर्शन दबाउन सेना अचानक आक्रामक बन्न थालेको छ ।

प्रदर्शनकारीहरुमाथि सेना र प्रहरीले व्यापक रुपमा रबरका गोली प्रहार गर्नुका साथै पानीको फोहोरा फ्याँकेका छन् । जसले गर्दा केही प्रदर्शनकारीहरु गम्भीर घाइते बनेको स्थानीय मिडियाले जनाए । म्यानमारमा गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा आन सान सू चीको पार्टीले वहुमत प्राप्त गरेपछि चुनावमा धाँधली भएको भन्दै सेनाले फेब्रुअरी १ मा सू ची नेतृत्वको सरकार अपदस्थ गरी सत्ता कब्जा गरेको थियो । साथै एक वर्षका लागि संकटकाल घोषणा गरेको छ ।

सू ची सहित अरु थुप्रै नेताहरुलाई सेनाले अझै नियन्त्रणमा लिएको छ । साथै रिहा गर्ने कुनै संकेत देखाएको छैन । स्थानीय मिडियाका अनुसार यहाँको सेनाले पक्राउ परेका नेताहरुलाई थप मुद्दा लगाउँदै नियन्त्रण अवधि लम्ब्याइरहेको छ ।

सेनाको यस्तो कदमप्रति अमेरिका, युरोपेली युनियन सहित थुप्रै देशले विरोध जनाएका छन् । चौतर्फी विरोधका बावजुद म्यानमारको सेना वार्ता वा सत्ता हस्तान्तरणमा लागि लचिलो देखिएको छैन ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।