१३ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

युरोकपमा इटालीको विजयी शुरूवात

सेयर:

एजेन्सी ।युरो २०२० मा इटालीले विजयी सुरूवात गरेको छ।
शुक्रबार राति भएको उद्घाटन खेलमा इटालीले टर्कीलाई ३-० गोलले पराजित गर्‍यो।

इटालीले आत्मघाती गोलको सहाराबाट खेलमा अग्रता लियो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५३ मिनेटमा टर्कीका डेमिरलले आफ्नै पोस्टमा गोल गरेका थिए।

६६ मिनेटमा इमोबिलले इटालीको अग्रता दोब्बर पारे।
७९ मिनेटमा इनसाइनले अर्को गोल गरेपछि इटाली ३-० गोलले अघि बढेको थियो। जितसँगै इटालीले समूह ‘ए’ मा तीन अंक जोडेको छ।

युरो २०२० मा आज तीन खेल हुँदैछन्। समूह ‘ए’ को खेलमा राति पौते सात बजे वेल्स र स्विट्जरल्यान्ड, समूह ‘बी’ को खेलमा डेनमार्क र फिनल्यान्डबीच पौने दश बजे खेल हुनेछ।

यस्तै राति १२:४५ बजे समूह ‘बी’ को खेलमा बेल्जियम र रसियाबीच प्रतस्पर्धा हुँदैछ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।