काठमाण्डाै | जापानको अहिलेको सरकारका मुख्य सचिव याेशिहिदे सुगा नयाँ प्रधानमन्त्री बन्नुहुने भएको छ । जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले नयाँ नेता चुनेसँगै उहाँ प्रधानमन्त्री बन्ने पक्का भएको हो ।
प्रधानमन्त्री शिन्जो आबेले गएकाे महिना स्वास्थ्य कारण राजीनामा घोषणा गर्नुभएको थियो । आबेले राजीनामा दिएपछि धेरैले सुगा नै जापानको आउँदाे प्रधानमन्त्री बन्ने अपेक्षा गरेका थिए ।
याेशिहिदे सुगा आबेको नजिकको सहयोगी मानिनुहुन्छ । त्यसैले उहाँले आबेकै नीतिलाई निरन्तरता दिने अपेक्षा गरिएको बीबीसीले जनाएको छ ।
बुधबार जापानको संसदमा पुनः प्रधानमन्त्री पदको लागि मतदान हुनेछ । जापानको संसदमा सत्तारुढ एलडीपी पार्टीको बहुमत रहेकाले सुगाले जित्ने निश्चित जस्तै छ । नयाँ प्रधानमन्त्रीले सन् २०२१ को सेप्टेम्बरमा हुने चुनावसम्म आफ्नो कार्यभार सम्हाल्ने छन् ।