१३ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

अटो-मोटरसाइकल ठक्कर, एकको मृत्यु , ६ घाइते

सेयर:

झापा, ८ वैशाख । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको कन्काई नगरपालिका–३ नयाँबस्ती खण्डमा मंगलबार बिहान अटो र मोटरसाइकल एकआपसमा ठोक्किँदा हल्दिबारी गाउँपालिका–३ की ६८ वर्षीया मन्जुधरी ढकालको मृत्यु भएको हो ।

बिर्तामोडबाट सुरुङ्गातर्फ आउँदै गरेको प्र१–०१–००१ह ८२५२ नम्बरको अटो अनियन्त्रित भई विपरीत दिशाबाट जाँदै गरेको मे ५ प ६६२० नम्बरको मोटरसाइकलमा ठोक्किएको थियो । दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेकी ढकालको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचारका क्रममा अपराह्न साढे ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी अटोमा सवार हल्दिबारी–३ का ५७ वर्षीय जीवन ढकाल, ५० वर्षीया हरिमाया ढकाल, ३५ वर्षीया भीमा ढकाल र १३ वर्षीय रोजन ढकाल घाइते भएका छन् । त्यस्तै, हल्दिबारी–५ का १३ वर्षीय प्रदीप नेपाल र मोटरसाइकल चालक मोरङ मिक्लाजुङ–६ का ३७ वर्षीय चन्द्र बहादुर खत्री पनि घाइते भएका छन् । घाइतेमध्ये जीवन ढकालको सुरुङ्गास्थित प्रधान मेडिकलमा उपचार भइरहेको छ भने अन्य सबैको बी एण्ड सी अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरूको अवस्था सामान्यदेखि मध्यम रहेको प्रहरीले उल्लेख गरेको छ ।

इलाका प्रहरी कार्यालय सुरुङ्गाको टोलीले घटनास्थलबाट दुर्घटनामा परेका दुवै सवारी साधन र अटो चालक हल्दिबारी–३ निवासी ४६ वर्षीय खेमराज गौतमलाई नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी अधिकृतको टोली खटाइएको र मृतकको शव अस्पतालमै रहेको प्रहरीले जनाएको छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।