२८ बैशाख, विर्तामोडः पछिल्लो समय अपाङ्गता भएका व्यक्तिहरूको रोजगारीमा पहुँच बढ्न थालेको छ । आइतबार झापाको विर्तमोडमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत झापा जिल्ला अन्तर्गतका स्थानीय तहहरूका उपप्रमुख/ उपाध्यक्षसँग आर्थिक बर्ष २०८१/ ०८२ को तेस्रो त्रैमासिक समीक्षा कार्यक्रममा प्रस्तुत अभिलेखले यस्को पुष्टि गरेको छ ।
करुणा फाउन्डेशन नेपाल अपाङ्गताको क्षेत्रमा निक्कै अघिदेखि क्रियाशील रहेको छ । विर्तामोडस्थित होटल हेभेनमा सम्पन्न कार्यक्रममा करूणा फाउन्डेसन नेपालका बरिस्ठ कार्यक्रम व्यवस्थापक कमल कोइरालाले कार्यक्रमका मुख्य सूचकहरूसहित विविध विषय प्रस्तुत गरेका थिए । कोइरालाले प्रस्तुत गरेको विभिन्न दशवटा सूचकहरू पहिलो, दोस्रो र तेस्रो बर्षको लक्ष्यलगायत विविध विषयमा अपाङ्गता भएका व्यक्तिहरूको रोजगारीमा पहुँचसमेत वृद्धि भएको उल्लेख छ ।

कार्यक्रमको समग्र नेतृत्व र प्रभावकारी कार्यान्वयको सुनिश्चितता, कार्यक्रमका सूचकहरुको विश्लेषण तथा मार्गदर्शनका लागि नियमित मासीक बैठक, राज्य प्रदत्त सेवाहरुमा अपाङ्गता भएकाव्यक्तिहरुको सहज पहुँचको सुनिश्चितताका लागि नियमित निर्देशन, अन्तर शाखा समन्वय सहजिकरण, जनशक्तिको प्रभावकारी परिचालन, कार्यक्रमको नियमित अनुगमन तथा मार्गदर्शन, कार्यक्रमको दिगोपनको लागि आवश्यक पहलकदमी झापाका विभिन्न पालिकाहरुका उपप्रमुख उपाध्यक्षसँगकार्यक्रमका अपेक्षा गरिएको व्यवस्थापक कोइरालाले बताए ।

विद्यालय उमेर समूहका अपाङ्गता भएका बालबालिकाहरुलाई विद्यालय भर्ना गराउने र छात्रावृत्तिको सुनिश्चितताका लागि इएमआईएसमा अद्यवधिक गर्न लगाउनुपर्ने, उपचारको आवश्यकता रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई प्राथमिकताका आधारमा तत्काल उपचारका लागि पठाउनुपर्ने, बालबालिकालाई प्राथमितामा राख्ने, सहायक सामग्रीको खरिद प्रक्रिया तत्काल अघि बढाउने र खरिद प्रक्रिया सकिएका स्थानीय तहहरुमा तत्काल वितरण गर्नै, गराउनुपर्ने, वितरण गर्दा बालबालिकालाई प्राथमितामा राखी, सीप विकास तालिम तत्काल प्रदान गर्ने गराउनुपर्ने, तालिम लिएर स्वरोजगार , रोजगारसँग जोडिन चाहानेलाई मात्र तालिम प्रदान गर्नेलगायत अबको प्राथमिकता रहेको उनको भनाई थियो ।

सहायक सामाग्री खरिद, अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य उपचार सहयोगमा ढिलाई , सीपमुलक तथा व्यावसायिक तालिम समयमा नै प्रदान हुन नसक्नु, समयमै योजना तथा प्रतिवेदन तयार नहुनु कार्यक्रम राम्रो हुँदा हुँदैं पनि आशातीत परिणामहरु समयमा नै हासील हुन नसक्नुलगायत थुप्रै यसका मुख्यः चूनौती रहेको कार्यक्रम व्यवस्थापक कोइरालाले बताए । मुख्यः उपलब्धीहरुलगायतका विषयमा कोइरालाले उपप्रमुख उपाध्यक्षहरुलाई जानकारी गराएका थिए ।

करूणा फाउन्डेसनका कार्यक्रम निर्देशक योगेन्द्र गिरीले यस कार्यक्रमका लागि विनियाजित बजेट फ्रिज हुन नदिन सम्बन्धित पालिकाको ध्यानकर्षण गरउँदैं यसो भए लक्षित समुदाय उस्का अधिकारबाट बञ्चित रहने बताए । उनले थुप्रै पालिकाहरुमा स्वास्थ्य, शिक्षा र महिला तथा बालबालिका शाखाबीच सहकार्य र समन्वय नहुँदा कार्यक्रम प्रभावकारी नबनेको भन्दैं जनप्रतिनिधिहरुले यसलाई व्यवस्थित गर्नुपर्ने आवश्यक औल्याएका थिए । अहिले सम्म पनि लक्षित समुदायको आधिकारीक अभिलेख नआएका कारण पनि समस्या भएको भन्दैं उनले कुनै पालिकाले अटिजमका विषयमा काम गर्ने भए फाउन्डेसनले सहयोग गर्ने बताए ।
कोशी प्रदेशको सामाजिक विकाश मन्त्रालय, महाशाखा प्रमुख दुर्गा भण्डारी वरालले अपांगता भएका व्यक्तिको जीवनमा आएको परिवर्तन नै ठूलो विकाश भएको बताईन । अपाङ्गताका क्षेत्रमा काम गर्न कोहि नआउँने भन्दैं उनले कोशी प्रदेश सरकार सामाजिक विकाश मन्त्रालय, स्थानीय सरकार र करूणा फाउन्डेसन नेपालको त्रिपक्षीय लगत साझेदारीमा अहिले विभिन्न कार्यक्रमहरु सञ्चालन भइरहेका बताईन । तीनजनाको सहकार्यमा काम भईरहेको भएपनि समग्र प्रगति सन्तोषजनक नरहेको गुनासो गरीन । यो कामलाई कार्यान्वयनमा लगेर शत प्रतिशत लक्ष्य पुरा गर्नुपर्ने उनको जोड थियो । कर्मचारीहरूलाई घचघच्याईदिन, खरिद प्रक्रिया छिटो छरितो, चुस्त दुरुत र पारदर्शी, बनाउनउनले सम्बन्धित पालिकालाई अनुरोध समेत गरीन ।

बैठकमा मेचीनगर नगरपालिका उपप्रमुख मीना पोख्रेल उप्रेती, दमक नगरपालिकाका उपप्रमुख रेगिना भट्टराई, बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला,कन्काई नगरपालिकाका उपप्रमुख आशा शर्मा शिवाकोटी, अर्जुनधारा नगरपालिकाका उपप्रमुख खड्गकुमारी पराजुली, शिवसताक्षी नगरपालिकाका उपप्रमुख नरमाया कार्की, गौरादह नगरपालिकाका उपप्रमुख जलबर्षा राजवंशी, हल्दिवारी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, गौरीगञ्ज गाउँपालिका उपाध्यक्ष पुजन न्यौपाने कुवंर, बुद्धशान्ति गाउँपालिकाका उपाध्यक्ष भवानीप्रसाद खतिवडा, कमल गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपाने, भद्रपुर नगरपालिकाका कार्यपालिका सदस्य सीतादेवी ढकाल, कचनकवल गाउँपालिकाका वडा अध्यक्ष मो.नुरआलमलगायत सहभागी थिए ।


