१३ मंसिर २०८३ ☀️ २५°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

डिभिजन वन कार्यालय झापाले हात्तीबाट सवाधान रहन गस्ती र माइकिङ गर्न सुरु

सेयर:

३० कात्तिक, मेचीनगर : डिभिजन वन कार्यालय झापाले पूर्वपश्चिम राजमार्गको उत्तर क्षेत्रमा हात्तीबाट सवाधान रहन सर्वसाधारणलाई अपील गर्दै गस्ती र माइकिङ गर्न सुरु गरेको छ ।

मोरङबाट २५ देखि ३० को संख्यामा हुल बाँधेर बच्चासहित हात्तीको बथान झापा प्रवेश गरेपछि स्थानीयवासीलाई जानकारी दिँदै सचेतना अप्नाउन आग्रह गरेर माइकिङ सुरु गरेको डिभिजन वन कार्यालय झापाका प्रमुख भरतबाबु श्रेष्ठ बताए ।

उनका अनुसार डेढ बर्ष अघि झापा मेचीनगर —४ बाहुनडाँगीको प्रसाद गौडा हुँदै ५०÷६० वटा हात्तीको बथान नेपाल प्रवेश गरेका थिए । सो मध्ये करिब एक बर्ष अघि ३० वटा हात्ती भारततर्फ नै फर्किएको र बाँकी हात्ती मोरङ र सुनसरीका वन क्षेत्रमा रहेका थिए ।

तिनै हात्ती भारततर्फ फर्कने क्रममा झापा आइपुगेका कारण स्थानीयलाई सुरक्षित रहनका लागि डिभिजन वन कार्यालयले गस्ती र माइकिङ गरिरहेको उनले जानकारी दिए । सो हात्तीको बथान आज शिवसताक्षीस्थित रतुवामाई बृक्षारोपण बन क्षेत्रमा रहेको उहाँले बताए । उनले भने “धनजनको क्षति नहोस् भन्ने उद्देश्यले हात्ती रहेका पालिकामा रात्रीकालीन गस्ती र माइकिङ गरिरहेका छौं ।”

उनले हात्ती कुन क्षेत्रतर्फ गइरहेका छन् भनेर वन कार्यालयले रेखाङ्कन गर्दै सोही क्षेत्रमा गस्ती गरिरहेको बताए । उनका अनुसार हात्ती दिनभर सामुदायिक वनक्षेत्रमा बस्ने र राति मात्र हिंड्ने गरेका छन् ।
प्रमुख श्रेष्ठले आज र भोलिसम्ममा बाहुनडाँगीको प्रसाद गौडा हुँदै हात्ती भारततर्फ नै फर्कने आँकलन गरेको जानकारी दिए ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।