१३ मंसिर २०८३ ☀️ २०°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड

तोकिएको निकायले काम नगर्ने तर दोष हामीलाई : काठमाडौं महानगर प्रमुख शाक्य

सेयर:

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शायले सरोकारवाला निकायसँगको समन्वयको अभावमा अपेक्षाअनुसारको काम गर्न नसकिएको स्वीकार गरेका छन् ।

मेयर शाक्यले समन्वयको अभावमा चाहेर पनि धेरै काम गर्न नसकेको बताएका हुन् । उनले भने, ‘खानेपानी, ढल, सडक, बिजुली, इन्टरनेटको तारलगायतको कामको अनुमति दिने, नियमन गर्ने र राजश्वसमेत उठाउने निकाय अलग–अलग छन् तर यी सबैले समन्वय गरेर काम गर्दैनन् ।’

तोकिएको निकायले काम नगर्ने तर दोस महानगर र मेयरले पाइरहेको पनि शाक्यले बताए । महानगरले आफैँ काम गर्न नपाउने, काम गर्छु भन्दापनि नदिने प्रवृतिले चाहेर पनि धेरै काम गर्न नसकेको मेयर शाक्यले बताए ।

काठमाडौं महानगरले अहिले सम्पदा संरक्षण र पुराना घर, पाटीको जिर्णोद्धार गर्न योजना नै बनाएर काम गरिरहेको पनि मेयर शाक्यले बताए । रानीपोखरीको बीचमा रहेको शिखर शैलीको बालगोपालेश्वर मन्दिर बनाउन र हनुमानढोका अगाडिको काष्ठमण्डपलाई पुरानै शैली र कलामा बनाउन महत्वपूर्ण भूमिका खेलेको पनि मेयर शाक्यले बताए ।

Contact for the Advertisement (बिज्ञापनको लागि सम्पर्क) - 9852662265

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।