१३ मंसिर २०८३ ☀️ २१°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड

वर्तमान सरकार जनताको अधिकार र उपलब्धिलाई खोस्न उद्यत छ : पुष्पकमल दाहाल ‘प्रचण्ड’

मजदुर, कर्मचारीदेखि न्यायपालिका र सुरक्षा निकायसम्म त्रासको वातावरण सिर्जना गरिएको आरोप लगाउँदै वामपन्थी शक्तिबीच सहकार्य र संयुक्त मोर्चाको आवश्यकतामा जोड।

सेयर:

मजदुर, कर्मचारीदेखि न्यायपालिका र सुरक्षा निकायसम्म त्रासको वातावरण सिर्जना गरिएको आरोप लगाउँदै वामपन्थी शक्तिबीच सहकार्य र संयुक्त मोर्चाको आवश्यकतामा जोड।

📌 मुख्य बुँदाहरू:

  • वर्तमान सरकारले विगतका आन्दोलनबाट प्राप्त समावेशिता र नागरिक अधिकारमाथि प्रहार गरिरहेको नेकपा संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'को आरोप।
  • मजदुर, सुकुम्बासी, कर्मचारी, विद्यार्थी, शिक्षक, सुरक्षा निकाय र न्यायपालिकामा समेत अन्योल र दबाबको वातावरण सिर्जना भएको दाबी।
  • राष्ट्रिय स्वाधीनताको रक्षा र समाजवादको ढोका खोल्न साना–ठूला कम्युनिस्ट घटकहरूबीच एकता र संयुक्त मोर्चा निर्माण अपरिहार्य रहेको भनाइ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले वर्तमान सरकारले मुलुकका उपलब्धि र जनताको अधिकारमाथि लगातार प्रहार गरिरहेको आरोप लगाउनुभएको छ। काठमाडौंमा आयोजित एक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विगतका लामो सङ्घर्ष, आन्दोलन र बलिदानबाट प्राप्त समावेशिता, प्रतिनिधित्व तथा नागरिक अधिकार खोस्नेतर्फ सरकार उद्यत रहेको दाबी गर्नुभयो।

नेकपा उपत्यका प्रदेश समितिले आयोजना गरेको उक्त कार्यक्रममा संयोजक प्रचण्डले अहिलेको राज्य सञ्चालन शैलीले समाजका विभिन्न तप्कामा त्रास उत्पन्न गराएको बताए। मजदुर, किसान, सुकुम्बासी, कर्मचारी, विद्यार्थी र शिक्षकहरूमात्र नभई सुरक्षा निकाय र न्यायपालिकामा समेत अन्योल, त्रास र दबाबको वातावरण देखिएको उनको भनाइ थियो। विगतमा सरकार बनाउने र गिराउने खेलमा अल्झिँदा राष्ट्रिय स्वाधीनता र नागरिक अधिकारविरुद्ध भइरहेका षड्यन्त्रतर्फ पर्याप्त ध्यान दिन नसकिएको स्वीकार गर्दै उनले शान्ति सम्झौता, गणतन्त्र र समावेशिता विरोधी शक्तिहरूले ग्राण्ड डिजाइनअन्तर्गत काम गरिरहेको आरोप लगाए।

वामपन्थी एकता र संयुक्त मोर्चाको आवश्यकता

राष्ट्रिय स्वाधीनताको रक्षा र मुलुकलाई सही दिशामा अगाडि बढाउन दीर्घकालीन दृष्टिकोणसहित देशभित्र संयुक्त मोर्चा र देशभक्त शक्तिहरूको सहकार्य अपरिहार्य रहेको संयोजक प्रचण्डले औंल्याउनुभयो। नेपालमा वामपन्थी जनमत ठूलो भए पनि त्यसलाई एकताबद्ध नगरी समाजवादको ढोका खोल्न नसकिने उनले स्पष्ट पारे।

अघिल्लो एकता जोगाउन नसकिए पनि वर्तमान राजनीतिक परिस्थितिमा साना–ठूला सबै कम्युनिस्ट घटकलाई जोड्ने प्रयास जारी रहेको जानकारी दिँदै उनले सकारात्मक तथा रचनात्मक संवादमार्फत अन्य पक्षलाई समेत एकता र ध्रुवीकरणमा ल्याउने बताए। विचार, राजनीति र सिद्धान्तमा एकरूपता कायम गर्दै एकताको झन्डामा केन्द्रित हुने दिशामा सहकार्य र संवाद भइरहेको उनको भनाइ थियो।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।