१३ मंसिर २०८३ ☀️ २०°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड

टिकट खोसिएका पाण्डे र बुडाथोकी बीच सहमति

सेयर:

१६ वैशाख, मेचीनगर : नेपाली काँग्रेस झापाका उपसभापति केशवराज पाण्डेले गठबन्धनका उम्मेद्वारलाई जिताउन चुनावी मैदानमा होमिएको बताएका छन् ।

मेचीनगरमा काँग्रेसबाट प्रमुख पदमा इन्द्रबहादुर बुढाथोकीले उम्मेद्वारी दर्ता गराएपछि पाण्डे असन्तुष्ट रहेका थिए । यही बीचमा नेपाली काँग्रेस प्रदेश नं १ का सभापति उद्धव थापा, नेपाली काँग्रेसबाट मेचीनगर प्रमुखका उम्मेद्वार इन्द्रबहादुर बुढाथोकी र जिल्ला उपसभापति पाण्डेबीच मिलेर जानेगरी सहमति भएको बुझिएको छ ।

सोहार्दपूर्ण ढंगले हामी बीच कुनै पनि विवाद र असन्तुष्ट नरहेको र मेचीनगरमा रहेको गठबन्धनलाई जिताउन लाग्ने दुबै नेता बुढाथोकी र पाण्डेले उद्घोष गरेका छन् । लामो समय छलफल पछि दुवैजनाबीच हार्दिकता साटासाट भएको काँग्रेस नेता लोकराज ढकालले बताए ।
शुक्रवार काँग्रेस नेता लोकराज ढकालको निवास मेचीनगरको दुहागढीमा बसेको छलफलमा पाण्डेले टिकट नपाएको विषयमा कुनै ग्लाली नभएको बताएका थिए । उनले मेचीनगरमा काँग्रेस एकढिक्का भएर गठबन्धनका उम्मेद्वारलाई जिताउन लाग्ने बताए ।

Contact for the Advertisement (बिज्ञापनको लागि सम्पर्क) - 9852662265

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।