१३ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

क्लिन झापाद्वारा भद्रपुरमा सरसफाइ सचेतना कार्यक्रमलाई निरन्तरता

सेयर:

८ चैत, भद्रपुर : सरसफाइ तथा वातावरणको क्षेत्रमा काम गर्दै आएको क्लिन झापाले झापाको भद्रपुर नगरपालिकामा सरसफाइ सचेतना कार्यक्रमलाई निरन्तरता दिएको छ ।

गत वर्ष भद्रपुरको केही वडामा कार्यक्रम गरिएपछि कोरोना भाइरसको तेस्रो लहरका कारण रोकिएको कार्यक्रमलाई सोमबारदेखि निरन्तरता दिइएको क्लिन झापाका सचिव तथा सरसफाइ योद्धा रुद्रबहादुर न्यौपानेले जानकारी दिनुभयो ।
सोमबार भद्रपुर वडा नं १० अन्तर्गत कलबलगुरीमा सचेतना कार्यक्रम गरिएको छ । क्लिन झापाकी अध्यक्ष शान्ति उपाध्यायको अध्यक्षतामा १० नं वडा सदस्य तुलसीप्रसाद पोखरेलले कार्यक्रम उद्घाटन गर्नुभएको थियो ।

‘दुषित खानेपानी तथा फोहोरजन्य रोगहरु र पूर्ण सरसफाइमा समुदायको भूमिका’ विषयक अन्तरक्रियात्मक सो कार्यक्रममा सचिव न्यौपानेले ‘सरसफाइ र स्वच्छताको अवधारणा’ र ‘पूर्ण सरसफाइ’ तथा अध्यक्ष उपाध्यायले खानेपानी तथा फोहोरमैला व्यवस्थापन विषयमा प्रस्तुति दिनुभएको थियो ।
भद्रपुर नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित सचेतना कार्यक्रम भद्रपुरका अझै ११ स्थानमा सञ्चालनमा गरिने सचिव न्यौपानेले जानकारी दिनुभयो ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।