१३ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

बुद्धशान्ति-५ आयावारीमा हात्ती मृत अवस्थामा फेला

सेयर:

१७ असार, मेचीनगर : झापाको पूर्वाेत्तर बुद्धशान्ति-५ आयावारीमा शुक्रबार एउटा हात्ती मृत अवस्थामा फेला परेको । स्थानीय भिम कार्कीको जग्गामा भाले वयस्क हात्ती मृत फेला परेको इलाका प्रहरी कार्यालय बुधबारेका वरिष्ठ प्रहरी नायव निरीक्षक अशोक कोइरालाले जानकारी दिनुभयो ।

फोटो : हरी दाहालको फेसबुकवालबाट

विहान स्थानीयवासीले मृत हात्ती देखेपछि इलाका प्रहरी कार्यालय बुधबारेलाई जानकारी गराएका थिए । त्यसलगत्तै प्रहरी टोली घटनास्थल पुगेर घटनाका बारेमा स्थानीयहरुसँग थप जानकारी लिइएको थियो । एउटा दाह भएको हात्ती मरेको छ । घटनाकाबारेमा प्रहरीले डिभिजन वन कार्यालय झापामा जानकारी गराइसकेको वरिष्ठ प्रहरी नायव निरीक्षक कोइरालाले जानकारी दिनुभयो ।

हात्तीको शरीरमा कुनै पनि प्रकारको चोट पटक नभएको दाह तथा पूच्छरसमेत राम्रै अवस्थामा रहेको उहाँको भनाई छ । मृत्युको कारण नखुले पनि फूट पोइजनका कारण मरेको हुन सक्ने आशंका स्थानीयवासीले गरेको वरिष्ठ प्रहरी नायव निरीक्षक कोइरालाले बताउनुभयो । हात्ती रैथाने हो र अन्यत्रबाटै आएर हुलबाट छुटेको अनुसन्धान भइरहेको र वनको टोलीले आवश्यक प्रक्रिया पुरा गरी यसको व्यवस्थापन गर्ने बताइएको छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।