१३ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

मेचीनगर–८ को वडाध्यक्षमा कांग्रेसका गिरीराज धमला निर्वाचित

सेयर:

९ जेठ, मेचीनगर : मेचीनगर–८ नम्बर वडामा गठबन्धनको नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेद्वार गिरीराज धमला निर्वाचित भएका छन् ।
सोमबार राति ९ वजेको नतिजा अनुसार वडा नम्बर ८ को ६१३५ मतगणना हुँदा कांग्रेसबाट वडाध्यक्षका उम्मेद्वार धमलाले १७६९ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका प्रतिस्पर्धि एमालेका विकेन्द्र धिमाललाई २२१ मतको अन्तरले हराएर धमला विजयी भएका थिए । धिमालले १५४८ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय मेचीनगरले जनाएको छ ।

त्यसैगरी एमालेका तर्फबाट उम्मेद्वार बनेकी महिला वडा सदस्य मनकुमारी गिरीले १५७१, दलित महिला सदस्य कविता खनाल सार्कीले १६०४, पुरुष खुल्ला सदस्यमा कुन्दन निरौलाले १४३४ र विष्णु भट्टराईले १४९६ मत प्राप्त गरी बिजयी भएको कार्यालयले जनायो ।

धमला २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेका उनै धिमालसँग वडाध्यक्षमा पराजित भएका थिए ।

गठबन्धनको कांग्रेसले मेचीनगरमा अहिलेसम्म तीन वटा वडा हात पारेको छ । यसअघि मेचीनगर–६ र १५ नम्बर वडा छ भने माओवादी केन्द्रले वडा नम्बर १४ जितेको छ ।

वडा नम्बर ७ र ९ को मतगणना भइरहेको छ । त्यसमा ९ नम्बर वडा एमालेको जित नजिक छ भने ७ मा पनि एमाले कै अग्रता छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।