१३ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

कोशीमा प्रदेश सरकारद्वारा आन्दोलनरत समूहलाई वार्ताका लागि आह्वान

सेयर:

१४ जेठ, बिराटनगर : कोशी प्रदेशको पुनः नामकरण माग गर्दै आन्दोलनरत पहिचान पक्षधरलाई प्रदेश सरकारले वार्ताका लागि मंगलबार आह्वान गरेको छ ।

प्रदेश सरकारका प्रवक्ता एवं उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले मंगलबार प्रेस विज्ञप्तिमार्फत आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान गरेका छन् ।

आन्दोलनरत पक्षलाई पूर्वघोषित विरोधका कार्यक्रमहरु स्थगन गरी वार्ताका लागि मन्त्री सिटौलाले विज्ञप्तिमार्फत आह्वान गरेका हुन् ।

आइतबार बसेको प्रदेशसभा बैठकमा बोल्ने अधिकांश प्रदेश सांसदहरुले प्रदेशको नामकरणमा असन्तुष्टि राखी आन्दोलन गरिरहेका पहिचान पक्षधरसँग वार्ताका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए । प्रदेश सांसदहरुले गराएको ध्यानाकर्षणपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्ने क्रममा समेत आन्दोलनरत पक्षसँग वार्ता र सम्वादमार्फत समस्याको समाधान खोज्न आह्वान गरेका थिए ।

फागुन १७ गतेको प्रदेशसभाबाट प्रदेशको नाम कोशी पारित भएदेखि पहिचान पक्षधरले प्रदेश १ पुनः नामकरण संघर्ष समिति गठन गरेर आन्दोलन गर्दै आएका छन् । पछिल्लो समय उनीहरुको आन्दोलन आक्रामक बन्दै गएपछि सरकार पक्षले वार्ताका लागि आह्वान गरेको हो ।

इकान्तिपुरबाट

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।