१३ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

झापा बाह्रदशीका अध्यक्ष चम्लागाई र उपाध्यक्ष शिवाकोटीद्वारा पदभार ग्रहण

सेयर:

९ जेठ, बाह्रदशी : झापा बाह्रदशीका अध्यक्ष देवेन्द्र चम्लागाई र उपाध्यक्ष शान्ता शिवाकोटीले पदभार ग्रहण गरेका छन् । सोमवार गाउँपालिकाको कार्यालयमा आयोजित सपथग्रहण कार्यक्रम पश्चात अध्यक्ष, उपाध्यक्षले पदभार ग्रहण गरेका हुन् ।

मुख्य निर्वाचन अधिकृत गिरीराज गौमतमबाट सपथ ग्रहण गरेका गाउँपालिका अध्यक्ष चम्लागाईले उपाध्यक्षसहित, वडाध्यक्ष र सदस्यहरुलाई सपथग्रण गराएका छन् । उनले सपथग्रहण गराएपछि वडाध्यक्षहरुले समेत पदभार ग्रहण गरेका छन् ।

पदभार ग्रहण गर्दै उपाध्यक्ष शिवोकाटीले गर्भवती महिलाको निशुल्क भिडियो एक्स–रे गर्ने कार्यक्रम पेश गरिन् । उपाध्यक्षको सो कार्यक्रमलाई अध्यक्ष चम्लागाईले सदर गर्दै पदभार ग्रहण गरेका हुन् । चकचकी, राजगढ र डाँगीबारी स्वास्थ्य केन्द्रबाट सेवा उपलब्ध गराउने गरी निशुल्क भिडियो एक्स–रे कार्यक्रम सञ्चालन गरिएको छ । सो कार्यक्रमबाट गाउँपालिकाका गरिव, विपन्न महिलालाई लाभान्वित हुने विश्वास गरिएको छ ।

पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष चम्लागाईले बाह्रदशी गाउँपालिकाको समग्र विकास र संमृद्धिमा सबैसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिवद्धता जनाए । उनले नमूना गाउँपालिका बनाउँदै सबै गाउँपालिकाबासीको हितमा काम गरेर देखाउने बताएका छन् ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।