१२ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

प्याब्सन मेचीनगरको गीत तथा नृत्य प्रतियोगिता सुरु

सेयर:

२८ मंसिर, मेचीनगर : निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) मेचीनगरको नगरस्तरीय गीत तथा नृत्य प्रतियोगिता सञ्चालन गरिएको छ । दुई दिने उक्त प्रतियोगिता बुधबार र विहीबार आयोजना गरिएको हो । मेचीनगरको इटाभट्टास्थित मैदानमा आयोजित प्रतियोगितामा नगरका २५ विद्यालयका विद्यार्थी सहभागी छन् । सहभागी विद्यार्थीले आफ्नो गीत तथा नृत्य प्रस्तुत गरेका हुन् । विद्यार्थीमा भएको प्रतिभा प्रस्फुटन गर्ने उदेश्यले हरेक वर्ष प्याब्सनले प्रतियोगिता आयोजना गर्दै आएको प्याब्सन मेचीनगर कोषाध्यक्ष एवम् झापा नेशनल स्कूलका प्रिन्सिपल कमल भेटवालले जानकारी दिए । प्याब्सन मेचीनगरका अध्यक्ष डम्बर रुचालको अध्यक्षतामा भएको कायक्रमको प्रमुख अतिथि मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकी रहेका थिए । नगर प्रमुख बुढाथोकीले शैक्षिक विकासमा निजी विद्यालयको भूमिका महत्वपूर्ण रहेको चर्चा गरे । उनले हरेक क्षेत्रको सकारात्मक पहलबाट मात्रै नगर समुन्नत बन्न सक्ने बताए । कार्यक्रममा प्याब्सनका प्रदेश सदस्य अजय आले मगर लगायतका अतिथिहरुले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा प्याब्सन जिल्लाका पदाधिकारी एवम् प्रतिनिधि, विभिन्न पालिकाका प्याब्सन अध्यक्ष तथा प्रतिनिधि, एनप्याब्सन मेचीनगर अध्यक्ष, प्रिन्सिपल, सञ्चालकको आतिथ्यता रहेको थियो । प्याब्सन मेचीनगर उपाध्यक्ष विक्रम क्षेत्रीले स्वागत गरेको कार्यक्रमको सञ्चालन नगर सचिव नेत्र खतिवडाले गरेका थिए । प्याब्सनको सांस्कृतिक कार्यक्रम विहीबार (भोलि) समापन हुँदैछ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।