१३ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

नेपाली काँग्रेसद्वारा केशवराज पाण्डेलाई मेचीनगर प्रमुखको उम्मेद्वार बनाउने निर्णय

सेयर:

१२ वैशाख, मेचीनगर : नेपाली काँग्रेस प्रदेश १ ले झापा मेचीनगरको प्रमुखमा केशवराज पाण्डेलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । पाण्डे नेपाली काँग्रेस झापा जिल्ला उपसभापति हुन् । पाण्डेलाई नेपाली काँग्रेसले गत प्रदेशको निर्वाचनामा क्षेत्र नंं १ क को प्रत्यक्ष तर्फको उम्मेद्वार बनाएको थियो तर उनी नेकपा एमालेका श्रीप्रसाद मैनाली सँग पराजित भएका थिए ।
उद्धव थापा सभापति रहेको नेपाली काँग्रस प्रदेश १ समितिले पाण्डेलाई उम्मेद्वार बनाउने निर्णय गरेपछि काँग्रेसमा बिचलन पैदा भएको छ ।
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको गृहनगर समेत रहेको मेचीनगरमा नेपाली काँग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाको हस्तक्षेप भयो भनेर नेपाली काँग्रेसको एक खेमामा असंतुष्टी चुलिएको छ । पाण्डेको उम्मेद्वारीलाई नै सदर गर्ने वा परिवर्तन गर्ने भन्ने विषयमा नेपाली काँग्रेस केन्द्रीय समितिमा छलफल भइरहेको नेपाली काँग्रेसका एक स्थानीय नेताले बताए ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।