१३ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

विश्व क्षयरोग दिवसमा विरामीलाई फलफूल वितरण : नेपालमा करिब ६० प्रतिशत वयस्क र ४५ प्रतिशत अन्य समूहका व्यक्ति क्षयरोगबाट संक्रमित

सेयर:

१० मेचीनगर, चैत : ‘क्षयरोग अन्त्यका लागि लगानी बढाऔ, जीवन बचाऔँ’ भन्ने मुल नारासहित बिहीबार झापाको मेचीनगरमा विश्व क्षयरोग दिवस २०२२ विविध कार्यक्रमका साथ मनाईएको छ ।

मेचीनगर नगरपालिकाको स्वस्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा नगरको १० नम्बर वडामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र धुलावारीका विरामीहरुलाई फलफूल वितरणदेखि क्षयरोगबाट बच्ने सम्मका उपायका बारेमा चर्चा गरिएको थियो ।

शाखा संयोजक सविता सापकोटा निरौलाका अनुसार प्रमुख अतिथि वडानम्बर १० का वडाध्यक्ष सुदय पनेरुको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्राथमिक स्वास्थ्य केन्द्रका विरामीलाई फलफूल वितरणसहित क्षयरोग सम्बन्धी अन्तरक्रिया र टिबी फ्रि नेपाल अभियान २०७८ अन्तर्गत टिबी फ्रि पालिका अभियान अन्तर्गत मेचीनगर नगरपालिकालाई क्षयरोगी मुक्त नगरपालिका घोषणा गर्न सबैले लागि पर्ने प्रतिबद्घता व्यक्त गरेका थिए ।

दुई हप्ता वा सो भनदा बढी खोकी लागेमा क्षयरोग हुने सक्ने भएकाले तत्काल नजिकको स्वास्थ्य संस्थामा गएर जाँच गराउन, कम्तिमा ६ महिनासम्म लगातार स्वास्थ्य संस्थामै गएर उपचार सहयोगको प्रत्यक्ष निगरानीमा औषधि सेवन गरेमा क्षयरोग पूर्णरुपमा निको हुने तथा क्षयरोगको सेवा तथा उपचार सवै स्वास्थ्य संस्थाहरुमा निःशुल्क हुने स्वास्थ्य संयोजक निरौलाले जानकारी दिनुभयो । उहाँले क्षयरोग अन्त्यका लागि हामी सबै एकजुट हुन समेत आग्रह गर्नुभयो ।

क्षयरोग अहिले जनस्तरमा निक्कै जटिल समस्याका रुपमा देखिएको र यो धेरै पुरानो रोग भए पनि अझै नियन्त्रण गर्न नसकिएको तथा नियन्त्रण बाहिर रहेको उहााले बताउनुभयो । अहिले पनि समाजमा निक्कै क्षयरोगी छन् । उनीहरु खुलेर उपचारका लागि आउने गरेका छैनन् ।

तौल घटनु , छाती दुख्नु, राती राती ज्वरो आउनु, खकारमा रगत देखिनु, श्वासप्रशवासमा समस्या हुनु दुईहप्ता सम्म लगातार खोकी लागि रहनु लगायत क्षयरोगका लक्षण भएको स्वास्थ्य शाखा संयोजक निरौलाको भनाई छ । चालु आर्थिक वर्ष २०७८÷०७९ को बजेट बक्तव्यको बुँदा नम्बर ३ मा आगामी २ वर्ष भित्र सवै स्थानीय तहलाई क्षयरोग मुक्त घोषणा गरिने उल्लेख भए अनुसार चालु आर्थिक वर्ष भित्र मेचीनगर नगरपालिकालाई क्षयरोग मुक्त घोषणा अभियान सञ्चालन गर्न नगरपालिकाले विभिन्न समिति गठन गरेको उहाँले स्पष्ट पार्नुभयो ।

चालु आर्थिक वर्षमा मेचीनगरसहित २२ वटा स्थानीय तहमा क्षयरोग मुक्त घोषणा अभियान सञ्चालन गर्ने सरकारको योजना छ । क्षयरोग मुक्त घोषणा अभियान सञ्चालनका लागि स्वीकृत निर्देशिकामा उल्लेख भए अनुसार नगरपालिकामा नगरप्रमुख विमल आचार्यको अध्यक्षतामा नगर स्तरीय समिति र वडाअध्यक्षहरुको अध्यक्षतामा वडा स्तरीय समिति गठन गरिने नगरपालिकाका स्वास्थ्य शाखा संयोजक सविता सापकोटा निरौलाले जानकारी दिनुभयो ।

डाक्टर पिताम्बर ठाकुरका अनुसार नेपालमा करिब ६० प्रतिशत वयस्क र ४५ प्रतिशत अन्य समूहका व्यक्ति क्षयरोगबाट संक्रमित छन् । डा ठाकुरका अनुसार कमजोर प्रतिरोधात्मक क्षमताका कारण शारीरिक दृष्टिकोणले कमजोर व्यक्ति क्षयरोगी संग बढी हेलमेल गरे सहजरुपमा यो रोग सर्न सक्छ । खकार, छाला तथा एक्स–रे बाट क्षयरोगका किटाणु पत्ता लाग्ने स्वास्थ्यकर्मीहरु बताउँछन् । स्वास्थ्यकर्मीका अनुसार क्षयरोगको सबैभन्दा खतरा फोक्सोमा किटाणु फेला पर्नु हो । यसबाट पत्ता लागेका क्षयरोगीले समयमै उपचार नपाए एकबर्ष भित्रमा उस्ले १० देखि १५ जना निःरोगीलाई यो रोग सार्न सक्छ । फोक्सोमा तथा खकार परिक्षणमा किटाणु नदेखिने भए पनि बिशेषज्ञहरुले मात्र शरिरका अन्य भागमा क्षयरोगका किटाणु फेला पार्ने गरेकाछन् ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।